सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पाेष्ट बसन्तपुर सुनसरीको नवनिर्मित भवनको समुद्घाटन सम्पन्न गरेको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्युपानेले उद्घाटन गर्नु भएको हो ।

उक्त उद्घाटन कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवे, राष्ट्रिय अनुसन्धान कार्यालय जिल्ला सुनसरीका प्रमुख उपरीक्षक बिमल घिमिरे, भन्सार कार्यालय सुनसरीका प्रमुख राधेश्याम दाहाल लगायत सरोकारवालाहरुको उपस्तिथि रहेकोे थियो ।