मलद्वारमा चेपिएर ब्राउनसुगर ल्याउने क्रममा अधिकारी पक्राउ
जयकृष्ण यादव। इनरुवा
इनरुवा, कार्तिक १८ गते। सुनसरीको सिमावर्ती क्षेत्रबाट मलद्वारमा चेपिएर भारतीय सिमानामा ब्राउनसुगर ल्याउने एकजना लाइ प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कोशी गाउँपालिका वडा नंम्बर १ लौकही बजारबाट मलद्वारमा चेपिएर लुकाइछिपाइ ब्राउनसुगर ल्याउदै गरेको अबस्थामा धादिङ थाक्रे गाउँपालिका वडा नंम्बर ६ का ३० वर्षिय बिष्णु अधिकारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले विशेष सुचनाको आधारमा अधिकारीलाई खटिएको सिमाबर्ती दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

प्रहरी उपरीक्षक केशव कुमार थेवेले धादिङ थाक्रे गाउँपालिका वडा नं.६ का बिष्णु अधिकारीलाई कानून वमोजिम चेकजाँच तथा खानतलासी गर्दा मलद्वारको भित्रि भागमा चेपि लुकाई छिपाई राखेको अवस्थामा लागू औषध ब्राउन सुगर ९.९४ ग्राम (नौ ग्राम नौ सय चालिस मिलिग्राम) फेला परेको जानकारी दिनु भयो। अधिकारीलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको थेबेले जानकारी दिनुभयो।
