सुनसरीको हरिनगर गाउँपालिका ५ बसन्तपुर सिशुवामा सामुदायिक स्वास्थ इकाईको नवनिर्मित भवन उद्घाटन गरेको छ।

नेपाल डेभलपमेण्ट सोसाइटीद्वारा सुबिधा सम्पन्न दुई कोठे  सामुदायिक स्वास्थ इकाई भवन सिसुवा खोलापारी बसन्तपुरलाई हस्तान्तरण गरेसंगै भवनको उद्घाटन गरेको छ।

गाउँपालिकाको विकट क्षेत्र मानिएको बसन्तपुर शिशुवामा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सामुदायिक स्वास्थ इकाई भवन उद्घाटन गर्नु भएको हो।

बिहिबार भवन उद्घाटन गर्नु हुदै अध्यक्ष अन्सारीले नेपाल डेभलपमेन्ट सोसाइटीले हरिनगर गाउँपालिकालाई स्वास्थ्यमा योगदान गरेको बताउनुभयो। उहाँले पुरानो जस्तापाताको घर कोठाबाट सेवा दिदै आएकोमा पक्कि सुविधा सम्पन्न भवनले सेवा प्रबाहमा सहज हुने भएको बताउनुभयो। नयाँ भवन गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेकोले अध्यक्ष गफार अन्सारीले उद्घाटन गर्नु भएको छ।

उक्त भवन निर्माणले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा सहज,सरल र सुलभ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष सिकमलाल यादवले जानकारी दिनु भयो।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्य, प्रधानाध्यापक नजामुद्दिन अन्सारी, समाजसेवी समिम अन्सारी, नइम अन्सारी, कर्मचारीहरू, जनप्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो।