जयकृष्ण यादव। इनरुवा

इनरुवा, कार्तिक २२ गते। 

सुनसरीको बर्जु गाउँपालिका वडा नंम्बर ५, अमाहिबेलाहा गोचाकामत टोलबाट दुइ सय ५७ केजी गाजा बरामद भएको छ। गाउँमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। इलाका प्रहरी कार्यालय दुहवी र सितागंज प्रहरीको संयुक्त टोलीले बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको सेतो स्कार्पियो गाडीबाट दुइ सय ५७ केजी गाजा बरामद गरेको जनाएको छ। प्रहरीले गाडीलाई पछ्याउँदा चालक फरार भएकोमा चेकजाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा २५७.४५ केजी गाँजा फेला परेको सुनसरी प्रहरीले जनाएको छ। बरामद गाँजा सहित स्कार्पियो नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ भने फरार चालकको खोजी कार्य जारी प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनु भएको छ।

तस्बिर : बरामद गरेको गाडी र गाजा। 

Jaykrishna yadav
Member FNJ sunsari &
reporter of  gopa/aujar
contact No- 9842125275,,
9842374724