सुरेन्द्र कुशवाहा । भोक्राहा
इनरुवा, कार्तिक २३ गते । सुनसरीमा दशकअघिसम्म अस्तित्वमा रहेको गोरुगाढा यति बेला लोप हुने अवस्थामा पुगेको छ । कुनै सयम यातायातको साधन र समान ओसार्ने एउटा महत्वपूर्ण साधनको रुपमा रहेको गोरुगाडा सुनसरीमा कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण भएसगैं गोरुगाढा यति बेला लोप हुने अवस्थामा पुगेको हो ।

केहीले प्रविधिको प्रयोगले गोरुगाढा हराएको दावी गर्दै आएका छन् भने केहीले पच्छिलो समय स्थानीय जातको गाईपालन कम भएसगैं गोरुगाडा पनि लोप हुँदै गएको बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ का राजेश ठाकुरले आईतबार विहानको समयमा गोरुगाढा लिएर धान ल्याउन निस्कदा केहीले हेर्न सडकमा आएका थिए ।