झुम्का कारागारमा एक कैदीको मृत्यु
सुनसरी
२०८२ कार्तिक २४ गते। सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। झुम्का
कारागार प्रशासनका अनुसार २०८२ कात्तिक २३ गते बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षिय सुधना सरदार अचेत अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको हो । सरदार सुनसरी जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहनुभएको थियो।
अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उहालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। तर अस्पताल पुगेपछि बिहान ६:१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताललाई उदृत गर्दै जलेर सुभाष लामिछानेले जानकारी दिनु भएको छ।
