इनरुवामा मोटरसाईकल र्याली
अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, कार्तिक २५ गते । सुनसरीको इनरुवा नगरपालिकामा संसद पूनःस्थापनाको माग गर्दै मोटरसाईकल रर्याली प्रदर्शन गरिएको छ । नेपाल खेलकुद महासंघका विपल्प घोषको संयोजकत्वमा वि गठित संसद पुन:स्थापना गर्नुपर्ने माग गर्दै मोटरसाइकल र्याली प्रदर्शन गरेको छ।

सदरमुकाम इनरुवामा नेकपा एमाले, नेपाल खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा मंगलबार मोटरसाइकल र्याली प्रदर्शन गरेको हो । सम्पन्न भएको मोटरसाइकल र्याली प्रदर्शनपछिको कोण सभामा एमालेका नेता भगवती चौधरी, नेपाल खेलकुद महासंघका विपल्प घोष र राष्ट्रिय युवा संघ नेपालका नेताहरु रमेश यादव र देवानन्द मेहता सहितको दर्जनौंले सहभागीता रहेको थियो । नेकपा एमालेले संसद पुनस्र्थापनाको माग गर्दै देशव्यापी भेला र प्रदर्शन गर्ने निर्देशन अनुसार एमाले कार्यकर्ताहरुले मोटरसाईल र्याली प्रदर्शन गरिएको जनाएको छ ।


एमालेले संसद पुनस्र्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरुलाई निर्देशन दिएको थियो । सोही अनुसार सुनसरीमा प्रदर्शन र कोण सभा आयोजना गरेको नेकपा एमालेका सुनसरीका अध्यक्ष पर्शुराम यादवले जानकारी दिनुभयो । मोटरसाईल र्याली प्रदर्शनमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानविन गर्नुपर्ने, तोडफोड र आगजनी, लुटपाट गर्नेलाई कार्वाही गर्नुपर्ने नाराबाजी गरेका थिए । उनीहरु २७ भदौमा विगठन भएका प्रतिनिधि सभा पूनःस्थापना गर्नुपर्ने, संसद विघटन असंवैधानिक भएकोले प्रतिनिधि सभा पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन् ।
