इनरुवा, कार्तिक २५ गते । सुनसरीको इनरुवा नगरपालिका–९ बबिया स्थित शिक्षा विकास तथा समन्वय इकाई नजिकै एक परिवारको घरमा अज्ञात पक्षले आजगजी गर्दा आगलागीबाट दुईवटा घर जलेर क्षति भएको छ ।
सोमबार राती ९।१० बजेको समयमा इनरुवा नगरपालिका–९ बबियाका शिवनारायण शर्माको जस्तापताले छाएको र कच्ची घरमा आगलागी भएको हो । आगलागीबाट २ वटा घर र घरमा रहेको चार वटा बेड, एउटा पंलग, दालचामल सहितको खाध्यान, लत्ताकपडा, दराज, भाडा बर्तन र गरगहना लगायतका सामग्री जलेर नष्ट भएको पीडितले जनाएको छ । आगलागीमा छोरीको विवाहका लागि राखिएको नगद तीन लाख रुपियाँ, व्युटि पार्लर पसल खोल्न ल्याएको सामग्री र छोरीको गरगहना समेत गरेर २५ लाख मुल्य बराबरको क्षती भएको पीडितले बताउनुभयो । प्रहरीले आगलागी भएको तर के कती क्षती भएको र कसले गरेको विषयमा एकिन नभएको जनाएको छ । शर्माको छोरी निशु शर्माले आफ्नो घरमा शंकास्पद रुपमा अज्ञात पक्षले आगजनी गरेको बताउनुभयो ।
दमकल र स्थानीयको सहयोगमा राती साढे ११ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतीको क्षतीपुर्ती र आगो लगाउनेको खोजी गरि कार्वाही गर्नुपर्ने पीडित पक्षको माग रहेको छ ।


१, जिल्लाको इनरुवा नगरपालिका–९ स्थित बबियामा भएको आगलागी पछिको क्षती ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा