ट्रक र मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना, एकको मृत्यु
इनरुवा, कार्तिक २५ गते । सुनसरीको हरिनगर गाउँपालिका वडा नंम्बर १ सुनसरी खोला नजिकै ट्रक र मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको छ । मालवहाक ट्रक र मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार मध्यान अल्फावेट नखुलेको ९२०७ नम्बरको ट्रक र नम्बर थाहा नभएको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुदाँ नाम ठेगाना नखुलेको एक महिलाको मृत्यु भएको छ भने मोटरसाईकल चालक भोक्राहा नरसिंह ४ का ४० वर्षीय लक्ष्मण मेहता घाइते हुनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
