हिडिबार थानमा मण्डप तथा धर्मशालाको उद्घघाटन
जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक २७ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबिया जमुवामा रहेको राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप तथा धर्मशालाको उद्घघाटन गरिएको छ । सदियौं पुरानो एतिहासिक धार्मिक स्थलको रुपमा रहेको इनरुवा ९ बबिया राजाजी डिहिबार बाबा ग्रामथान जमुवाको परिसरमा अष्ट्याम मण्डप तथा धार्मिक कार्यक्रमका सहभागिहरुलाई बस्ने धर्मशालाको उद्घघाटन गरिएको हो । डिहिबार बाबा ग्रामथान जमुवाको अष्ट्याम मण्डपको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र धर्मशालाको कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहताले उद्घघाटन गर्नुभएको छ ।
हिडिबार थानमा मण्डप तथा धर्मशालाको उद्घघाटन अघि सयौंको संख्यामा स्थानीयले कलश यात्रा निकाल्नु भएको थियो । यहाँका श्रद्धालु भक्तजनहरुको उत्साहजनक उपस्थितिमा दुई कार्यक्रमका बिच उद्घघाटन भएको स्थानीय समाजसेवी प्रधानाध्यापक शिवनन्दन मेहताले जानकारी दिनुभयो । श्री राजाजी डिहिबार बाबा ग्रामथान जमुवाको परिसरमा कलशयात्रा र मण्डप तथा धर्मशालाको उद्घाटनसगैं २४ घण्टे अष्ट्याम धार्मिक कार्यक्रम समेत गरेको छ । धर्मशालाको उद्घघाटन कार्यक्रममा इनरुवा नगरपालिका ९ का कार्यवाहक वडा अध्यक्ष रामसुन्दर मेहता, संविधानसभा सदस्य सिताराम मेहता, नेता एसएन मेहता, कमल चौधरी (भोर), अन्जन्नि भोर, कायक झेटन मेहता, पत्रकार जयकृष्ण यादव सहितको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्नुहुदै प्रदेश सभा सदस्य रामप्रसाद मेहताले धर्मकर्मको उदगम थलो भएको राजाजी डिहिबार बाबा ग्रामथान हिन्दुहरुको आस्थाको केन्द्र भएपनि मुस्लिमहरुले समेत सहयोग गरेको बताउनुभयो । उहाँले इनरुवा ९ जमुवाको धर्मशाला, मण्डप तथा २४ घण्टे अस्ट्याम सकिर्तनको समुदघाटनमा मुस्लिमहरुको उपस्थिती र जग्गा समेत मुस्लिमहरुले नै दान गरेको प्रति प्रशंसा गर्नुभयो । कलश यात्रा निकालिएको प्रति इनरुवा नगरपालिकाका नगर उपप्रमुख विनिता मेहता, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, प्रशासन प्रमुख युवराज निरौला, सूचना अधिकारी निरज पोख्रेल लगायतकाले खुसी व्यक्त गर्नुभयो ।



इनरूवा वार्ड नम्बर ५ का वडा अध्यक्ष अनिल पोखरेल, अपन स्वर्ग नेपाल कला संस्कृतिका केन्द्रीय अध्यक्ष झोटन मेहता लगायत मान्यजन,श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।




१, सुनसरीको इनरुवा नगरपालिका ९ बबिया जमुवामा रहेको राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप उद्घाटन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
