जिल्ला प्रसासन कार्यालय सुनसरीमा हालै सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले विहीबार पत्रकारसँग परिचयात्म तथा अन्तर्किया कार्यक्रम गर्नुभएको छ । गृहमन्त्रालयको नियमित सरुवाबाट घिमिरे सुनसरी आउनुभएकोले पत्रकारहरुसंग परिचयात्मक तथा अन्तर्किया कार्यक्रम गर्नुभएको हो ।
पत्रकार र प्रमुख जिल्लाअधिकारी बीच नङ र मासुको जस्तो सम्बन्ध हुने भएकाले जिल्लामा शान्ती सुरक्षा, अमनचयन, खुला सिमानाकामा हुने लागु औषध, अवैध ओसारपसार , मानव बेचबिखन तथा अपराध नियन्त्रणमा समन्वय आवश्यक रहेको बताउनुभयो । जिल्लामा मापदण्ड बिपरित सवारी सधान चलाउने र अस्तव्यस्त सडकहरुमा हुने दुर्घटना, विपद ब्यबस्थापन, धार्मिक तथा सांस्कृतिक विबाद, सरकारी निकायमा हुने ढिलासुस्ती लगायतका कुराहरु चुनौती रहेको जिल्लामा नंया आउनु भएका प्रमुख जिल्ला अधिकारी घिमिरे समक्ष पत्रकारहरुले गुनासा राख्नुभएको थियो ।


यस्तै पत्रकारहरुले राखेका गुनासाको जफाब दिदै प्रजिअ घिमिरेले जिल्ला प्रसासन कार्यालयबाट प्रवाह गर्ने हरेक सेवामा पारदर्शि रुपमा हुने र शान्तीसुरक्षाको बारेमा गम्भिर रहेको बताउनुभयो । पत्रकारहरुले गरेका हरेक गुनासालाई सिरोधार्य गर्दै सबै विषयमा गम्भीर भएर लाग्ने बताउनुभयो ।
पत्रकारसँगको परिचयत्मक कार्यक्रममा जिल्लाका नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने बताउनुभयो । सबैले निर्धकका साथ आ–आफ्नो पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो । पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई नागरिकता वितरणमा प्रशासनबाट हुने मझेला, नियमित बजार अनुगमन, ढिलासुस्ती गर्ने ठेकेदारमाथि कारबाही लगायतका विषयमा ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा लागु औषध, बालबालिका ओसारपसार, आत्महत्या, सीमा तस्कारी जस्ता अपराध चुनौतीको रुपमा देखिएको औंल्याउनुभयो ।
परिचयात्मक कार्यक्रममा पत्रकार जयकृष्ण यादवले निर्वाचन लक्ष्ति कार्यक्रमहरुमा समन्वय गर्न, सबै पक्षसंग सामूहिक छलफल, अन्तरकृया, शान्तिसुरक्षामा विषेश ध्यानदिन, सेवागा्रहीमैत्री काम गर्न, सरकारी निकायमा हुने ढिलासुस्तीलाई न्युनिकरण गर्न र केहीलाई कारबाही लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो । पत्रकार शशी कोईराला, नसिम राज अंसारी, रोमा रिजाल, अर्जुन सुदेवी, अमर काफ्ले, इकवाल अहमद, शिशिर भट्टराई सहितले जिल्लामा रहेको लागु औषध, सिमाअपराध, चोरीतस्करी जस्ता अपराध चुनौतीको औंल्याएका थिए ।