इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई २ लाख घराैटीमा छाडने आदेश
इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापा उपर सवारी अङ्गभङ्ग मुद्दाको थुनछेक बहसको सुनवाईपछि सुनसरी जिल्ला अदालतले २ लाख घराैटीमा छाडने आदेश दिएको छ ।
वडाअध्यक्ष थापा २०८२ कार्तिक १६ गते पक्राउ परेका इलाका प्रहरी कार्यालय पकली सुनसरीले २०८१ फागुन २२ गते रामधुनी नगरपालिकामा माेटरसाइकलमा सवार महिलालाई ठक्कर दिई घाइते बनाएको अभियाेगमा जिल्ला सरकारी वकिलको कार्यालय सुनसरी मार्फत अदालत समक्ष २०८२ कार्तिक २६ गते पेश गरेको थियोे ।
जिल्ला न्यायाधीश दुर्गा बस्यालकाे इजलासले गरेको आदेश अनुसार वडाअध्यक्ष थापा तत्काल २ लाख घराैटी बुझाएपछि हिरासतबाट रिहा हुनेछन ।

उनलेे अब तारेखमा बसेर मुद्दाको सुनवाइमा सहभागी हुन पाउने भएका छन ।
आज अदालतमा भएको थुनछेक बहस सुनवाइमा पिडित घाइते जाहेरवालाकाे पक्षबाट सरकारी वकिल कार्यालयका जिल्ला न्यायघिवक्त्ता, अघिवक्ता बसन्त सुवेदीले बहस गरेका थिए ।
यसैगरी वडाअध्यक्ष थापाका तर्फबाट प्रतिरक्षा बहस सुनवाइमा बरिष्ठ अघिवक्ताहरू रामप्रसाद घिमिरे, हेमराज पाेखरेल, कृष्णप्रसाद दाहाल र मणि दुलालले बहस गरेका थिए ।
यसैगरी थापाकाे पक्षमा अघिवक्ताहरू माेहन काेइराला, राजु ढकाल, प्रकाश पाेखरेल,रूद्र न्याैपाने,वर्षा भण्डारी, निमेष पाेखरेलसहितले वहस गरेका थिए ।
उनी साउन १६ गते अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडासदस्य कृष्ण श्रेष्ठलाई कार्यावाहककाे जिम्मेवारी दिएर लुकिछिपि बस्दै आएका थिए ।
