इनरुवा, कार्तिक २९ गते । सुनसरीको धरानबाट लागु औषध गाजाँ ४९ के.जी. फेला परेको छ । जिल्लाको धरान उप–महानगरपालिका वडा नंम्बर ४ बौध बिहार स्थित कोशी राजमार्गमा मोटरसाईकल प्याक गरिएको अवस्थामा लागू औषध गाँजा ४९ के.जी. बरामद भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरान तथा इलाका प्रहरी कार्यालय भेडेटारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भेडेटारबाट धरान तर्फ आउँदै गरेको को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरको २ वटा मोटरसाईकलबाट गाजाँ बरामद भएको हो । दुवैलाई रोक्न खोज्दा मोटरसाईकल नरोकी पिछा गर्ने क्रममा दुबै मोटर साईकल चालकले मोटरसाईकल छाडी फरार भएको र उक्त मोटरसाईकल चेकजाँच गर्दा दुबै मोटर साईकल प्याक गरिएको अवस्थामा लागू औषध गाँजा ४९ के.जी. फेला परेको प्रहरी उपरीक्षक केशवकुमार थोवेले जानकारी दिनुभयो । गाजाँ फेला परेको हुँदा उक्त लागू औषध गाजाँ र मोटरसाईकललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको साथै फरार चालकहरूको खोजतलास कार्य समेत भइरहेको थेवेले जनाकारी दिनुभयो ।