नेपालको राजनीतिक नेपालको हातमा छैन : राप्रपा अध्यक्ष राजेन्द्र

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेगले देश नेपालको हातमा नरहेको बताउनु भएको छ। देश राजनितिक रुपमा खतरामा रहेको र नेपाली जनताको हात बाहिर रहेको बताउनुभयो।

सनिवार सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाको अधिबेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै सबैलाइ सुध्रिने बेला आएको बताउनु भएको छ। दुइ वर्ष अगाडी चुनाव गर्न मात्रै नभइ राजा,जेन्जी र दलहरूको बिच संबाद गर्न प्रधानमन्त्रीलाइ आग्रह गर्नु भएको छ।

उहाँले भोट बदल र जनताको हितमा काम गर्ने लाइ मतदान गर्न आग्रह गर्नु भएको छ। उहाँले जसले संबैधानिक राजतन्त्र, हिन्दू राष्ट्र र जनमैत्री काम गर्नेलाइ मतदान हुनुपर्नेमा जोड दिनु भयो। भ्रष्टलाइ र भ्रष्टचारीको पैसा खाएर भोट नदिन र चुनावमा हुने खर्च उठाउनेहरूलाई लखेट्नु पर्ने राप्रपा भोक्राहा नर्सिङ गाउँपालिकाको अधिबेशन को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै बताउनुभयो।
संबैधानिक निकायको प्रमुखहरू नै भ्रष्टचारीको संरक्षण गरेको र कार्बाही नगर्दा छाडापनसंगै भ्रष्टचार बढेको बताउनु भयो।

उहाँले सिकिम हुनबाट बचाउँन स्थिर सरकार बनाउनु पर्ने, राजा सहितको प्रत्यक्ष प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने बताउनु भयो।
पुर्खाहरूले दिएको नासो लाइ संरक्षण गर्नु पर्ने र नेपालको रक्षा गर्नु पर्नेमा जोड दिनु भयो। अबको बाटो राप्रपाले लिएको बताउनु भयो।
किरातको छोरा एकता, पहिचानको लागि राप्रपा हिन्दू राष्ट्र हुनुपर्नेमा पक्षमा रहेको बताउनुभयो। उहाँले कोही कसैले लाज नमामि राप्रपा बन्न र बैदेशिक रोजगारी गर्न बिदेशी भुमिमा जानु नपर्ने बताउनु भयो। अर्का नेता
नाजिया खातुनले राप्रपा भोक्राहा नर्सिङ गाउँपालिकाको अधिबेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिनु भयो।

त्यसैगरी नेता प्रलाद प्रसाद साहले जेन्जि आन्दोलनपछि बनेको शुशिल कार्की नेतृत्वको सरकार पनि ओलिकै छायाँ भएको बताउनु भयो।

केन्द्रीय नेता तथा पुर्व मन्त्री रामकुमार सुब्बाले जिल्ला जिल्लाभरीको राजनीतिक अवस्था देखेर अबको बाटो राप्रपाले लिएको बिचार रहेको बताउनु भयो।
राप्रपा भोक्राहा नर्सिङ गाउँपालिकाका अध्यक्ष हबिव मन्सुरीको अध्यक्षतामा अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नु हुदै वक्ताहरूले हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिनु भयो।
