सुनसरी धरान उप–महानगरपालिका वडा नं.–१७ र वडा नं.–२० को सिमानाबाट लागु औषध गाँजा बरामद भएको छ । सनिबार जिल्लाको धरान उप–महानगरपालिका वडा नं.–१७ र वडा नं.–२० को सिमाना स्थित चुम्पुले खोलाको जंगलबाट दुई सय ६८किलोग्राम गाँजा बरामद भएको हो ।

लागू औषध ओसार पसार भइरहेको विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ भारी बोकी आउँदै गरेको १०।११जना भरीयाहरूले उक्त भारीहरू फालेर फरार भएकाले उक्त गाजाँ बरामद भएको हो । फालेर मानिसहरू फरार भएको र भारीहरू खोलेर हेर्दा १० वटा बोरामा प्याक गरिएको अवस्थामा लागू औषध गाँजा २६८ के.जी. फेला परेको हुँदा उक्त लागू औषध बरामद गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ । साथै फरार मानिसहरूको खोजतलास समेत भइरहेको जनाएको छ ।