रामधुनीमा नुहाउने क्रममा खोलामा डुवेर एकजनाको मृत्यु
रामधुनीमा नुहाउने क्रममा खोलामा डुवेर एकजनाको मृत्यु
जयकृष्ण यादव। इनरुवा
इनरुवा, मंसिर ३ गते। सुनसरीको रामधुनीमा नुहाउने क्रममा खोलामा डुवेर एकजनाको मृत्यु भएको छ। बुधबार बिहानको समयमा रामधुनी नगरपालिका वडा नं.४ स्थितरा नुहाउने क्रममा खोलामा डुवेर मोरङको सुन्दरहरैचा नगरपालिका ३ का ४१ वर्षिय देवेन्द्र भट्टराईको मृत्यु भएको हो।

रामधुनि मन्दिरमा बाला चतुर्दशीको अवसरमा लागेकोमा मेलामा स्थानीय सुनसरी खोलामा नुहाउने क्रममा भट्टराईको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले जानकारी दिनु भयो।
