इनरुवामा सीताराम रथयात्राको तयारी
इनरुवा, मंसिर ५ गते । सुनसरी सदरमुकाम इनरुवामा विवाहपञ्चमीको अवसरमा सीताराम रथयात्राको तयारी गरेको छ । प्रत्येक वर्ष झै यस वर्षपनि इनरुवामा भब्य रुपमा सीताराम रथयात्राको तयारी गरिएको हो । इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित रामजानकी गुठी संस्थाले भगवान राम र सीताको विवाहको अवसर अर्थात विवाहपञ्चमीको अवसरमा विवाह समारोह सहित भब्य रथयात्राको तयारी गरेको जनाएको छ । विवाहपञ्चमी महोत्सको अवसरमा सोमबार कुमरन (मटकोर) र मंगलबार बृहत रथयात्रा कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार साँझ मटकोर सहित कुमरन कार्यक्रमको आयोजना गरिने र मंगलबार विहान ११ बजेबाट रथयात्रा प्रारम्भ गरिने छ ।https://www.youtube.com/watch?v=HD9ZqVE7A8w
इनरुवामा विगत दशकभन्दा बढी समयदेखि विवाहपञ्चमीको अवसर पारेर रामजानकी गुठी संस्थाले विवाह महोत्सवको आयोजना गर्दैआएको छ ।
यसवर्षको विवाह महोत्सवको क्रममा मंगलबार विहान निकालिने सीताराम रथयात्रा विहान ११ बजे मन्दिर परिषरबाट सुरुवात भई इनरुवाको सखुवागाछी, मुख्यबजार हुँदै इनरुवा २ मा रहेको लक्ष्मीनारायण मन्दिरमा पुग्ने छ । त्यहाँको कार्यक्रममा सहभागि भएपछि रथयात्रा पुनः रामजानकी मन्दिर परिषरमा आउने जनाएको छ । त्यहाँ प्रसाद वितरणको कार्यक्रमपछि रथयात्रा समापन हुने मेहताले जानकारी दिनुभयो ।
रथयात्रालाई भब्य र ब्यवस्थित बनाउन स्वागत समिति, सुरक्षा स्वयमसेवक समिति, ब्यवस्थापन समिति लगायतका समिति तथा उपसमितिहरु गठन गरेर आवश्यक ब्यवस्थापन गरिएको अध्यक्ष मेहताले जानकारी दिनुभयो ।
उहाँले सो दिन इनरुवा नगरपालिकाले स्थानीय विदा दिने गरी छलफल भएकोले इनरुवाको गौरबको रुपमा रहँदै आएको रामजानकी रथयात्रालाई भब्य बनाउन सहभागिताका लागि इनरुवाबासी सहित धर्मावलम्बीहरुलाई आग्रह गर्नुभयो ।

