हरिनगरको भवन निर्माण कार्य अन्तिम चरणमा
जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर ४ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय तहको दोस्रो कार्यकालको मध्यभागमा आईपुग्दा हरिनगर गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । गाउँपालिका भवन निर्माण ठेक्का पाएको रविन एण्ड स्रेया कन्ट्रक्सनले ठेक्का समयमा नै सो प्रशासनीक भवन सम्पन्न हुन लागेको प्राविधिक सह–इन्जिनीयर भागवत कुमार रामले जानकारी दिनुभयो ।
निर्माण कार्य अन्तिर चरणमा पुगेको बारेमा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको नेतृत्वमा उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य, लेखा शाखा प्रमुख, योजना शाखाका प्रमुख, वडा अध्यक्षहरु, सदस्यहरू, कार्यालयका अन्य कर्मचारी, निर्माण कम्पनी, इन्जिनियर र स्थानीयहरूको उपस्थितिमा भवनको अनुगमन गरेको छ । काठमाण्डौंको रविन एण्ड स्रेया कन्ट्रक्सनले करिब नौ करौडको लागतमा सो प्रशासनीक भवन निर्माण गरेको र केही बाकी काम तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयसीमा भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ । अनुगमनका क्रममा पालिकाका पदाधिकारीहरूले भवन निर्माणको गुणस्तर र प्रगति सन्तोषजनक रहेको जनाएको छ ।
गाउँपालिकाको प्रशासनीक भवन निर्माण सम्पन्न भएको कामकाजलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

१, सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाको प्रशासनिक भवन ः निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्था ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
