अग्नी पीडितलाई राहत सामग्री
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा अग्नी पीडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी देवानगञ्जले सनिबार आगलागीबाट पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

गत कार्तिक २९ गते शनिबार सुनसरीको देवानगञ्ज –२ यादव टोलमा स्थानीय विद्यानन्द यादव र देवन यादवको घरमा विद्युत् सर्ट भइ आगलागी भएको थियो । आगोले घर सहित घरमा रहेको सबै सामग्री जलेकाले रेडक्रसले राहत सामग्री वितरण गरेको सभापती वीरेन्द्र सुतिहारले जनाकारी दिनुभयो ।
