मंसिर ९ गते गढी गाउँपालिका वडा नं. २ को कोलहवा सामुदायिक ग्राममा निर्माण भएका सुरक्षित घरहरु हस्तान्तरण गर्ने
पेस विज्ञप्ति
विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण र समुदाय केन्द्रित विभिन्न कार्यक्रमहरु
गर्दै समाज रुपान्तरणको अभियानमा निरन्तर क्रियाशिल यस ग्रामिण महिला उत्सुकता विकास मञ्च
नेपाल (फरवार्ड नेपाल) ले अन्तराष्ट्रिय दातृ निकाय संस्था चूजी बुद्धिष्ट फाउण्डेसनको वित्तिय सहयोगमा
सुनसरी जिल्लाको दुहवी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका तथा इनरुवा नगरपालिकामा
गरिब, विपन्न समुदायको लागि सुरक्षित आवास निर्माण भइरहेको यहाँहरुमा अवगत भएकै विषय हो ।
मिति २०८१ साल कार्तिक १६ गतेका दिन शिलान्यास गरिएको यस परियोजनामा दुहवी नगरपालिका
वडा नं. १ मा १४ वटा, गढी गाउँपालिका वडा नं. २ मा ४० वटा, बर्जु गाउँपालिका वडा नं. १, ३ र
५ मा गरी तथा वडा नं. ५ मा ३० वटा तथा इनरुवा नगरपालिका वडा नं. ७ मा १६ वटा घर गरी
कूल १०० घर निर्माण सम्पन्न भइसकेको यहाँहरुमा जानकारी गराउन चाहन्छौं । परियोजनाले यस क्षेत्रका
भूमिहिन, विपन्न, दलित तथा मुसहर समुदायका घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
भूकम्प प्रतिरोधात्मक क्षमताका घरहरुमा २ वटा शयन कक्ष र एक वटा भान्सा कोठा सहित ३ वठा कोठा
रहेका छन् । एक शौचालय, खानेपानीका लागि हाते कल सहितका यी घरहरु वातावरणमैत्री सँगै
पारिवारिक र समुदायमैत्री रहेका छन् । सुनसरी जिल्लाको दक्षिणवर्ती क्षेत्रका गरिब, विपन्न समुदायका
भूमिहिन जनतालाई आफ्नै घरमा बस्न पाउने अवसर यस परियोजनाले प्रदान गरेको छ । साथै, निर्माण
गरिएका घरका परिवारलाई घर हस्तान्तरण गर्दा आवश्यक लत्ता कपडा र खाद्यान्न समेत उपलब्ध
गराइनेछ ।
यस परियोजनालाई मूर्तरुप दिनका लागि सुनसरी निर्वाचन क्षेत्र नं. ३ की आर्थिक तथा सामाजिक
सशक्तिकरणकी अभियान्ता, महिला अधिकारवादी लोकप्रिय नेतृ पूर्वमन्त्री भगबती चौधरीको महत्वपूर्ण
योगदान रहेको छ । नेतृ चौधरीकै अगुवाईमा एक वर्ष अगाडी आफ्नो क्षेत्रका ग रिब, विपन्न तथा
भूमिहिन नागरिकलाई सुरक्षित घर बनाइदिने योजना अगाडी बढाइएको थियो । हाल उक्त सुरक्षित आवास
निर्माण भइसकेको र हस्तान्तरणको क्रममा रहेको छ ।
सञ्चारकर्मी महानुभावहरु, २०८२ साल मंसिर ९ गते विहान ११ बजे गढी गाउँपालिका वडा नं. २ को कोलहवा सामुदायिक ग्राममा यस परियोजनाबाट निर्माण भएका सुरक्षित घरहरु हस्तान्तरण गर्ने कार्यक्रम राखिएको जानकारी गराउँदै
उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं .
