रामजानकी रथ यात्रा निकालेर नगर परिक्रमा गर्दै
सुनसरीको इनरुवामा कोशी प्रदेशमा नै पहिलो रामजानकी रथ यात्रा निकालेर नगर परिक्रमा गर्दै छ। दशकदेखि इनरुवामा निकाल्दै आएको रामजानकी रथ यात्रा मंगलबार विहान ११ बजेको समयमा निकालेर नगर परिक्रमा गर्ने भएको छ।

दशकदेखि इनरुवामा प्रदेशमा पहिलो
रामजानकी रथ यात्रा निकाल्दैे आएको इनरुवा नगरपालिका ४ का वडा अध्यक्ष वौबालाल मेहता ले जानकारी दिनु भयो।

नगर परिक्रमा गर्दै निकाल्दै आएको दशकदेखिकको इतिहास रामजानकी रथ यात्रा इनरुवाको गौरव भएको इनरुवा नगरपालिकानगर प्रमुख केदार भण्डारीले बताउनु भयो।

यसअघि सोमबार राती
सदरमुकाम इनरुवामा विवाहपञ्चमीको अवसरमा सीताराम रथयात्राको पुर्व सन्ध्यामा कुमरन र बिवाह समारोह गरेको छ ।

प्रत्येक वर्ष झै यस वर्षपनि इनरुवामा भब्य रुपमा सीताराम विहान गरिएको हो । इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित रामजानकी गुठी संस्थाले भगवान राम र सीताको विवाहको अवसरमा विवाह समारोह गरेको छ। आज भब्य रथयात्राको तयारी गरेको जनाएको छ ।

विवाहपञ्चमी महोत्सको अवसरमा सोमबार कुमरन (मटकोर) सम्मान भएको र मंगलबार बृहत रथयात्रा कार्यक्रमको आयोजना गरिएको गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार साँझ मटकोर सहित कुमरन कार्यक्रम नगर प्रमुख केदार भण्डारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ।

कार्यक्रममा उपप्रमुख विनिता मेहता, उधोग बाणिज्य संघका बीरेन्द्र साह, समाजसेवी रामधिन यादव, पत्रकार जयकृष्ण यादव र सुरेन्द्र कुशुवाह सहित हजार बढीको सहभागीता रहेको संस्थाका डा सूर्य नारायण मेहताले जानकारी दिनु भयो।

खासमा विवाह पञ्चमी हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो, जसले भगवान श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गरिन्छ। यो पर्व मङ्सिर महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा मनाइन्छ। नेपालका जनकपुरधाममा यो पर्व विशेष भव्यताका साथ मनाइन्छ, किनकि यही स्थानलाई जनकपुरको राजमहल अर्थात् मिथिलाको राजधानी मानिन्छ जहाँ राजा जनकले सीताको पालन–पोषण गरेका थिए।

बिवाहपञ्चमीको शुभकामना।

