जजन्युज इनरुवा

सुनसरीको इनरुवामा ९ औं उद्योग दिवस मनाइएको छ। उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा मैनबत्ती प्रज्वलित कार्यक्रम गरेर उद्योग दिवस मनाइएको हो।

सन् १९९३ मंसिर ९ गते नेपालमा विधिवत उद्यमशीलता सुरुवात भएको दिनको सम्झनामा सरकारले २०७२ सालदेखि उद्योग दिवस मनाउँदै आएकोमा यहाँ पनि उवासंघको आयोजनामा उद्योग दिवस मनाइएको संघ इनरुवाका अध्यक्ष बीरेन्द्र कुमार साहले जानकारी दिनु भयो।

उद्योग दिवसको अवसरमा मंगलबार इनरुवा गोलचौकमा राखिएको मैनबत्ती प्रज्वलित कार्यक्रम गरेको बताउनु भयो ।