कार्यक्रम हाम्रो समाज र हाम्रो जिम्मेवारी सम्पन्न
जयकृष्ण यादव। इनरुवा
इनरुवा, मंसिर १४ गते । साहित्य तथा धार्मिक कार्यक्रम हाम्रो समाज र हाम्रो जिम्मेवारी विषयक दुई दिवशीय प्रवचन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको छ । भोक्राहा नरसिंह–४ स्थित जनता युवा क्लबले आयोजना गरेएको “दुई दिने कार्यक्रमः हाम्रो समाज र हाम्रो जिम्मेवारी” सम्पन्न गरिएको जनाएको छ । समाजिक उत्तरदायित्व, स्थानीय सहभागिता र सामुदायिक चेतनाको वकालत गर्ने उद्देश्यले सञ्चालन गरिएको साहित्य तथा धार्मिक कार्यक्रम हाम्रो समाज र हाम्रो जिम्मेवारी सम्पन्न सम्पन्न भएको क्लवका अध्यक्ष हैदर अलिले जानकारी दिनुभयो ।


अलिले यो कार्यक्रम परिणाममुखी, ऐतिहासिक र अत्यन्तै फलदायी भएको बताउनुभयो । उहाँले कार्यक्रमको सफल समापनमा प्रत्यक्ष–अप्रत्यक्ष साथ, सहयोग र उपस्थिति भएका सबै सहयोगीदाताहरू सुरक्षाकर्मी, स्वयंसेवक,स्थानीय नागरिक, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई धन्यवाद दिनुहुदै कार्यक्रमको सार्थक सन्देश प्रवाह भएको बताउनुभयो । सकारात्मक सोच र समाज विकासमुखी कार्यक्रमले स्थानीय तहमा एकता, जागरण र जिम्मेवारीबोधलाई अझ सुदृढ बनाउने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले विश्वास व्यक्त गर्नुभयो ।
