मेलमिलाप परिषद्को आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु
इनरुवा, मंसिर १४ गते । सुनसरीको इनरुवामा मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरू भएको छ । मेलमिलाप परिषद्को आयोजनामा सुरु भएको तालिममा २७ जना सहभागि रहेका छन । तालिमको उद्घाटन सत्रमा वत्ताहरुले मेलमिलापलाई संसारमै उत्कृष्ट प्रक्रियाको रूपमा लिएको बताएका छन् । मेलमिलापबाट बिवाद समाधान भएमा समय, मानसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने बताएका छन् ।

मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दिर्घकालिन शान्ति सुरक्षा कायम भई असल र सभ्य समासज निर्माण हुने भएकाले नयाँ मेलमिलापकर्ता उत्पादन गर्ने उदेश्यले तालिम सुरु गरेको छ । न्यायिक समितिबाट ८०÷७० प्रतिशत विवाद समाधान हुँदै आएको र अदालतमा पनि मेलमिलापको माध्यमबाट देवानी प्रकृतिका मुद्धा मिलाउदै आएकोले स्थानीय स्तरमा पनि मेलमिलाप उत्पादन गर्ने गरि तालिम सुरु गरेको छ ।
अदालतमा न्यायधिशले एक पक्षलाई हराउने र अर्को पक्षलाई जिताउने काम गर्नुपर्दा न्यायाधीशलाई नै न्यायाधीश भएको हुनुमा गर्व नलाग्ने गरेको अनुभव समेत रहेकाले पक्षहरुको हितहित र जितजितको लागि मेलमिलाप आवश्यक रहेकोमा जोड दिएको छ । तालिममा सहभागी रिभा कर्णले भन्नुभयो, “सफल मेलमिलाप कर्ता हुनु ठूलो गौरव हो । मेलमिलापकर्ताले दुबै पक्षलाई जिताउँछ । दुबै पक्षको मन र मस्तिष्कमा हुने भएकोले पक्ष विपक्ष तथा मेलमिलाप कर्तालाई भित्रैबाट सन्तुष्टि हुनुले मेलमिलापप्रति सर्वसाधारणको सकारात्मक धारणा रहेको छ ।”


१, सुनसरीको इनरुवामा आयोजित मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम कार्यक्रममा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
