जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर १९ गते । सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुर स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न भएको शिविरमा दुई सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् । ग्लोबल कार्डियो हस्पिटल भोक्राहा नरसिंहको आयोजना तथा स्वास्थ्य चौकी गौतमपुरको समन्वयनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, ईसीजी,एक्सरे सेवा, हाडजोर्नी तथा नासा, आखाँ परीक्षण, न्युरो, मानसिक समस्या भएकालाई मनोपरामर्श र विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधि वितरण सेवा समेत प्रदान गरिएको जनाएको छ ।
ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालका प्रशासन शाखाका तोया गिरीले जानकारी दिनुभयो । शिविरमा विषेशज्ञ चिकित्वकहरु र स्वास्थ्यका स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए । शिविरमा उक्त क्षेत्रका दुई सय १५ नागरिकले स्वास्थ्य सेवा लिएको अस्पतालका गिरीले जानकारी दिनुभयो ।
सरकारी तथा नीजि नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको थियो ।


१, सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुर स्वास्थ्य चौकीमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले विरामी परिक्षण तथा परामर्श दिनुहुदै ।
तस्विर ः