अरविन्द मेहता । इटहरी
सुनसरीको इटहरी उपमहानगरपालिकामा माइनट तथा प्रतिवेदन लेखन तालिम सम्पन भएको छ । इटहरीलाई बालमैत्री स्थानीय साशन प्रणाली कार्यान्यवनको लागि बालबालिकाहरुको सहभागीतामा माइनट तथा प्रतिवेदन लेखन तालिम सम्पन भएको हो । बालबालिकाको नेतृत्व विकास र क्षमता विकासका लागि गठन भएको वडा र नगर स्तरीय बाल संजाल तथा बाल क्लवहरूको नियमित बैठक तथा कार्यक्रमलाई सहज, सरल र सफल पार्न उक्त तालिम दिएको हो ।


इटहरीको बालग्राम सभाहलमा बालबालिकाहरुलाई एक दिवसिय माइनेट तथा प्रतिवेदन लेखन तालिम प्रदान गरेको छ । इटहरी उपमहानगरपालिकाको सहयोग र नगरवाल सञ्जाल इटहरीको आयोजनामा सम्पन्न भएको तालिममा नगरको ११ बालक र ११ जना बालिका गरी २२ जनाको सहभागिता रहेको थियो । तालिम सहभागिहरुलाई, बैठक के हो ? बैठक किन ? माइनेटको आवश्यक्ता, माइनट भनेको हो ? तथा निर्णयको अभिलेख किन गरिन्छ ? बैठकको महत्व, वैठकमा माइनेट किन लेख्ने, प्रस्ताव र निणर्य कसरी लेख्ने ? प्रतिबेदन कसरी लेख्ने ? लगायतका विषयमा प्रशिक्षक जयकृष्ण यादवले प्रशिक्षण दिनुभयो । तालिमको सहजिकरण गर्नु पूर्व नगर बाल सञ्जालको अध्यक्ष प्रयास घिमिरेको अध्यक्षता र उपमहानगरपालिका सामाजिक विकास महाशाखाका बालबालिका फोकल पर्सन नेत्र न्यौपानेको प्रमुख अतिथितमा उद्घाटन गरेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रतिभा घिमिरेले गर्नुभएको थियो । तालिममा प्रशिक्षक र प्रशिक्षार्थीको बिच दोहोरो छलफल, समूह कार्य, प्रश्नोत्तर सहित प्रशिक्षण भएको थियो ।