कोशी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सम्मानित
सनुसरीको इनरुवा नगरपालिका वडा नम्बर १ मा रहेको कोशी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा तथा रजत जयन्तीको अवसरमा संस्थाका व्यवस्थापक रिजन तिम्सिनालाई सम्मान गरेको छ ।

डा कोमल दुलालको प्रमुख आथ्त्यिता र संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको सभामा रजत जयन्तीको अवसरमा व्यवस्थापक तिम्सिनालाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको हो ।
संस्थालाई स्थापनाकालदेखी इमान्दारिता पूर्वक सेवा गरेको र संस्थाको प्रगतीमा योगदान दिएको भन्दै उच्च मूल्यांकन गरेर अध्यक्ष दाहालले व्यवस्थापक तिम्सिनालाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो ।

सभामा उपाध्यक्ष सुधा तिम्सिना,कोषाध्यक्ष कृष्णप्रसाद तिम्सिना, सदस्यहरू रामप्रसाद घिमिरे, रमेश तिम्सिना,रामहरि शर्मा पौडेल,हरिप्रसाद दाहाल,नेत्रबहादुर कार्की,विनोद कुमार राय,गोपाल पोखरेल र सकुन्तला देवी साह तथा लेखा समितिको संयोजक योगेन्द्र गिरी र सदस्य रामहरिशर्मा पौडेल तथा अच्यूत भण्डारी सहितको उपस्थिति रहेको थियो।

सभामा ऋण उपसमितिका संयोजक उद्धवप्रसाद काफ्ले सदस्य हेमराज पोखरेल,प्रकाश नेपाली सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका विज्ञ, विभिन्न सहकारीका अध्यक्ष तथा संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन सदस्य रमेश तिम्सिनाले थियो । वक्ताहरुले आर्थिक गतिबिधि सुचारु गर्ने सहकारी संस्थाहरुले देश गम्भीर राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको समयमा समेत मुलुकबासीको आर्थिक मेरुदण्डको एउटा पाटो बन्दै गएको दावी गरेका छन् । सहकारीले राज्यलाई अर्बौ राजस्व बुझाएको मात्र छैन लाखौलाई रोजगारी दिनुका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको तथ्य पनि राज्यको सामु छर्लङ्ग रहेको दावी गरेका छन् । यस्तै महत्वपूर्ण योगदान दिने सहकारी संस्थाहरु मध्ये सुनसरीको इनरुवा नगरपालिकामा सक्रियतापूर्वक २५ वर्षदेखी सेवा तथा कार्यरत कोशी बचत तथा ऋण सहकारी संस्था लि.पनि एक भएको सहकारीकर्मीहरुले बताएका थिए ।
