अनिल श्रेष्ठ। इनरुवा

मिति २०८२/०८/२० गते इनरुवाको जिल्ला समन्वय समिति सुनसरीको हलमा सम्पन्न इनरुवा जेसीकको ४२औँ साधारण सभाबाट  जेसि मनोज निरौलाको नेतृत्वमा बर्ष २०२६ का लागि नया नेतृत्व चयन गरेको छ ।

त्यसैगरि वरिष्ठ कार्यकारणी उपाध्यक्ष  जेसी सचिन कुमार यादव ,कार्यकारणी उपाध्यक्ष जेसी निश्चल कार्की ,जेसी क्षितिज पोखरेल र उपाध्यक्ष जेसी प्रीतम अटल ,जेसी झरना बस्नेत  जेसी अभिषेक खेरवार ,जेसी सुचित्रा मेहता निर्बाचित हुनु भएको थियो ।कार्यसमितिलाइ पुणता दिनका लागि अध्यक्ष ले कानुनी सल्लाहकार  जेसी संजय मेहता ,महासचिव जेसी मिलन पौडेल ,कोषाध्यक्ष  जेसी राहुल शाह ,सचिव जेसी विक्रम कुमार पोदार र जनसम्पर्क अधिकारी जेसी रबिन मेहतालाई  मनोनित गर्नु भएको थियो । अधिबेशन२०२५ का  अध्यक्ष जेसि सत्य यादबको अध्यक्षता सम्पन्न भएको थियो भने प्रमुख अतिथी रुपमा जिल्ला समन्वय समितिको अध्यक्ष तथा इनरुवा जेसिजका बर्ष २००६का राजन मेहता  र अतिथिको रुपमा पुर्ब अध्यक्ष जेसि रमेश कटुवाल , जेसि कृष्ण अधिकारी ,जेसि बिनोद मिश्र ,जेसि सम्यम कोईराला ,जेसि कुन्दन मेहता लगायतको उपस्थित थियो । अधिबेशन निर्बाचन सप्पन्न गर्नका लागि जेसिजको कान्छो अध्यक्ष बर्ष २०२३ का  अध्यक्ष जेसि खेमराज थापालाई निर्बाचन आयुक्तको जिम्मेवारी दिएको थियोे । मुलत समाजमा  भएका युवाहरूलाई नेतृत्व बिकास र ब्यत्तित्व बिकासमा जोडदै सग सगै तालिमको माध्यम बाट समाजमा  सकारात्मक परिवर्तनको सम्बाहक रुपमा अगाडि बढाउने योजना नै जेसिजको मुल उदेश्य रहेको पाइन्छ ।