दुई महिनापछि सिटी रिक्सा चालकलाई गोली हानी हत्या गर्नेहरु पक्राउ
सुनसरीको रामधुनी नगरपालिकामा भएको हत्या घण्टाका आरोपीतहरुलाई प्रहरीले भmण्डै दुई महिनापछि पक्राउ गरेको छ । सिटी सफारी चालक रामधुनी नगरपालिका वडा नंम्बर २ का ४५ वर्षीय दिनेश कुमार चौधरीलाई अपरिचित मानिसहरुले गोली प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले थालेको अनुसंधानको झण्डै दुई महिनापछि सिटी रिक्सा चालकलाई गोली हानी हत्या गर्नेहरुलाई पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार हत्या आरोपमा पक्राउ पर्नेहरुमा जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्काका ४३ बर्षिय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १६ का २८ बर्षिय अंकित साह, राजविराज वडा नं. ९ आँखा अस्पताल छेउ बस्ने २८ बर्षिय प्रिन्स कुमार दास, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ नीवासी ३४ वर्षीय मोहमद इब्रान मियाँ , देवानगन्ज गाउँपालिका वडा नं. ४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाँउपालिका वडा नं.५ का २५ वर्षीय मिथलेश यादव रहेका छन् । सातै जनाले सिटि चालक चौधरीलाई गत असोज २५ गते शनिबार, बेलुकीको समयमा जिल्लाको रामधुनी न.पा. वडा नं. २ मा रहेको शिवनगर–झुम्का जाने नहरको कर्मनिया टोल स्थित भित्री सडक खण्डमा योजनाबद्ध रुपमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक थेवेका अनुसार कर्मनिया टोल स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक रामधुनी वडा नं. २ का ४५ वर्षीय दिनेश कुमार चौधरीलाई अपरिचित मानिसहरुले गोली प्रहार गरी हत्या गरेको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली गठन भई घटनास्थलको प्राबिधिक पक्ष र स्थानीय मानिस तथा परिवारका सदस्यको भनाई समेतलाई आधार बनाई बिष्लेषण गरी अनुसन्धान गर्ने क्रममा आरोपीतहरुलाई पक्राउ गर्न सफल भएको हो । मृतक दिनेश कुमार चौधरीलले तन्त्रमन्त्र गरी लामो समय देखि परिवारका सदस्यहरुलाई बिरामी बनाई दुःख हैरानी दिएका कारण राजकिशोर साह, नन्द किशोर साह समेतले योजना बनाई मोहमद इब्रान मिया लगायतका मानिसहरुसंग रकम लेनदेन गरी सो समूहले गोली प्रहार गरी चौधरीको कर्तब्य गरी हत्या गरेको अनुसन्धानबाट देखिएको थोवेको भनाई छ । उनीहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानमा आरोपीतहरुले घटना घटाएको समेत स्वीकार गरेको हुँदा घटनामा सलग्न सातजना मानिसहरुलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा दिन १२ को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको जानकारी दिनुभयो ।
