समवेदना र आमा प्रति श्रद्धाञ्जलि अर्पण
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनसरी नेपालले महासंघ इटहरी अध्यक्ष रुद्र बहादुर बस्नेतको ममतामयी आमा तिल माया बस्नेतको निधान भएकोले शोकाकुल परिवारका सदस्यहरूमा समवेदना र आमा प्रति श्रद्धाञ्जलि अर्पण गरेको छ।

सुनसरीको इटहरी निवासी सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इटहरी अध्यक्ष रुद्र बहादुर बस्नेतको ममतामयी आमा तिल माया बस्नेतको निधान भएकोले शोकाकुल परिवारका सदस्यहरूमा समवेदना र आमा प्रति श्रद्धाञ्जलि अर्पण गरेको हो। महासंघ नेताहरु सहितको महासंघका सबै तहका सदस्यहरूले बस्नेतको निवासमा उपस्थिति भएर संवेदना व्यक्त गरेको छ।

जिल्ला अध्यक्ष ओम गौतमको अगुवाइमा महासंघ इटहरी सचिव सुरेन्द्र लुइटेल,कोशि प्रदेश अध्यक्ष हरि बहादुर कार्की, केन्द्रिय सदस्य बिनोद झा , बराहक्षेत्र नगर अध्यक्ष देवि दहाल, जिल्ला कार्य समिति बरिस्ठ सल्लाकरद्वय कोबित जङ र दिपेन्द्र घिमिरे लगायत बिभिन्न तहका सदस्यहरूले सोकाकुल परिवारका सदस्यहरूमा हार्दिक समवेदना व्यक्त गरेको जिल्ला सचिव जयकृष्ण यादवले जानकारी दिनु भयो।
संवेदना तथा श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा रहेको व्यहोरा” जन्म : वि.सं. १९७९/०५/१९ गते खोटाङ,स्व. तिलमाया बस्नेत,स्वर्गारोहण :वि.सं. २०८२/०८/१९ गते इटहरी-२०, सुनसरी। जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.-२० मुनााल टोल स्थायी बसोबास गर्दै आउनु भएका यस सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंध इटहरी उ..म.न.पा. अध्यक्ष रुद्र ब. बस्नेत को ममतामयी माता स्व. तिलमाया बस्नेतको यहि मिति २०८२ साल मंसिर १५ गते असामयिक निधन भएको खवरले विद्यालय परिवार स्तब्ध र मर्माहत भएका छौं ।अतः यस शोकको दुःखद घडिमा रहनुभएका शोक सन्तप्त छोरा/बुहारीहरु रुन्द्र बहादुर पबित्रा रसुमित्रा बस्नेत, जहानसिंह शोभा बस्नेत छोरीहरु विष्णुमाया र गोमा बस्नेत १७नाति/नातिनीहरु २३ पनाति/पनातिनीहरु लगायत परिवारजन, नातागोता, छरछिमेकी प्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि हार्दिक समबेदना व्यक्त गर्दै चिर आत्माको शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।”

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ परिवार ओम प्रसाद गौतम अध्यक्ष,सुनसरी,जय कष्ण यादव सचिव रहेको छ।
