विद्यालयस्तरीय क्रिकेटको उपाधी द मार्टर स्कुललाई
इनरुवा, मंसिर २९ गते । सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी द मार्टर स्कुलले हात पारेको छ । इनरुवा १० दिनदेखी जारी रहेको इनरुवा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको फाईनलमा सरस्वती ज्ञानकुञ्ज स्कूलाई पराजित गर्दै द मार्टर स्कुलले उपाधी चुमेको हो । नगरभरीका २६ विद्यालयको सहभागीतामा सम्पन्न भएको खेलमा फाईनल यात्रामा द मार्टरसंग जराजित हुदै सरस्वती ज्ञानकुञ्ज दोस्रो भएको छ । त्यसैगरी ज्ञानविमर्श स्कूल तेस्रो भएको आयोजक राईजिंग युवा क्लवका अध्यक्ष महेश्वर साहले जानकारी दिनुभयो । विजेता, उपविजेता र तेस्रो हुने टिमलाई कार्यक्रमका प्रमुख अथिति पूर्व मन्त्री लक्ष्मण प्रसाद मेहताले नगद सहित सिल्ड, प्रमाण पत्र र मेडल प्रदान गर्नुभएको थियो ।



१, सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी चुमेको द मार्टर स्कुललाई सिल्ड प्रदान गर्दै ।
तस्विर ः
