वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ३२ जनाका परिवारलाई सम्मान गर्ने
जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस १ गते । सुनसरीमा डिसेम्बर १८ अर्थात अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ३२ जनाका परिवारलाई सम्मान गर्ने भएको छ । शहिद परिवार र अरुलाई सम्मान गरेको भएपनि वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाहरुको खासै चर्चा नहुने र परिवारलाई सान्तवना समेत दिने कोही नहुने अवस्थालाई ध्यानमा राखेर सुनसरीका ३२ जनाका बैदेशिक रोजगारका क्रममा निधन भएका परिवारलाई सम्मान गर्ने भएको छ । दिवशको अवसरमा सुनसरीको इनरुवामा विविध कार्यक्रम आयोजना गर्ने निर्णय क्रममा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ३२ जनाका परिवारलाई सम्मान गर्ने समेत निणर्य भएको छ । मंगलबार इनरुवा नगरपालिकामा इनरुवा नगर प्रमुख केदार भण्डारीको अध्यक्षतामा बसेको बैठकले आप्रवासी दिवसको अवसर पारेर वैदेशिक रोजगारीका क्रममा देहावसान भएका श्रमिकका परिवारलाई देश र समाजका लागि पुर्याएको योगदानका लागि कदर स्वरूप सम्मान गर्ने र मृत्यु हुनेहरुको सम्झनामा दिप प्रज्ज्वोलन गर्ने निर्णय गरेको छ । बैठकमा नगर उपप्रमुख बिनिता कुमारी मेहता ,कोशी प्रदेश समाजिक बिकास मन्त्रालयका महाशाखा प्रमुख उप सचिव सम्भु प्रसाद साह, शाखा अधिकृत प्रदिप गौतम, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यलय सुनसरीको डिएसपी चन्द्र खड्का, सुरक्षीत आप्रवासन कार्यक्रम सामी कोशी एवं मधेस प्रदेश ब्यबस्थापक कोपिला दाहाल, रेमि कार्यक्रम प्रमुख सपना थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पुस ३ गते बीहिवार डिसेम्बर १८ का दिन इनरुवा इनार चौकमा अपरान्ह ४ बजेबाट गर्ने भएको छ । कार्यक्रममा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ३२ जनाका परिवारलाई सम्मान गरिने सामी कार्यक्रम सुनसरी जिल्ला सम्योजक धिरज भट्टराईले जानकारी दिनुभयो ।

१,सुनसरीका वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ३२ जनाका परिवारलाई सम्मान गर्ने निणर्य गर्न बसेको बैठकका सहभागीहरु ।
जिल्ला सम्योजक धिरज भट्टराई
पृष्ठभूमि
आप्रवासनमा रहेका व्यक्ति र तिनका परिवारहरुको योगदान लाई कदर गर्दै अन्तराष्ट्रिय आप्रवासन दिवस यहि २०८२ पौष ३ गते तदअनुसार १८ डिसेम्वर २०२५ का दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमहरुका साथमा मनाईदै छ । यस अवधारणा पत्रमा दिवस मनाउदै गर्दा सवै सरोकारवालाहरु लाई आप्रवासी कामदार र तिनका परिवारको हकहित संरक्षण गर्दै उनिहरुले पुर्याएको योगदानको उच्च सम्मान गर्ने वातावरण निर्माण गर्न र स्वदेशमा रोजगारीको अवसरको वातारवरण तयार गरी वाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने प्रयास र आप्रवासी श्रमिक,वैदेशिक रोजगारी वाट फर्किएर आएका श्रमिक र तिनका परिवारको जिवनस्तरमा सुधार ल्याउन सबैको सहयोग र सहकार्यको लागी आह्वान गर्नु समेत रहेको छ।
अन्तराष्ट्रिय आप्रवासन संगठन (क्ष्इः) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ (ध्यचमि ःष्नचबतष्यल च्भउयचत, २०२४) अनुसार विश्वभरी अनुमानित २८.१ करोड मानिसहरु आप्रवासीको रुपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकहरूको संख्या १६.९ करोड रहेको छ । श्रम आप्रवासन प्रतिवेदन(ल्भउब िबिदयगच ःष्नचबतष्यल च्भउयचत,२०२४)का अनुसार गत १३ वर्षमा कुल ७,६३,६८२५ जनाको लागि नेपाल सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति जारी गरिएको थियो। यस प्रतिवेदनले समेटेको गत दुई वर्षको अवधिमा, सो संख्या कुल १५,१२,६१६ जनाले श्रम स्वीकृतिहरू जारि गरेको छ । जसमध्ये महिलाहरुको संख्या१,५२,३०५ जना रहेको थियो। यस प्रतिवेदनले समेटेको गत दुई वर्षको अवधिमा कोशी प्रदेशबाट सो संख्या कुल १,०६,०९४ जनाले नयाँ श्रम स्वीकृतिहरू जारी गरेको छ । जसमध्ये महिलाहरुको संख्या १५,५११ जना रहेको थियो।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन शुरुवातः
आप्रवासी श्रमिक भएकै कारणले उनीहरुहरु माथी हुने गरेको विभेदहरु लाई ध्यानमा राख्दै आप्रवासी श्रमिकको हक, हित र अधिकार रक्षाका साथै वैदेशिक रोजगारमा रहँदा पाउने सेवा, सुविधा लगायत उनीहरुको न्युनतम मानव अधिकारको संरक्षण÷संम्बद्र्धन गर्न, संयुक्त राष्ट्र संघले डिसेम्बर १८ का दिन “आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धि १९९०” पारित गर्यो, जुन सन्धि सन् २००३ जुलाई १ देखि लागु भएको छ । सम्वन्धित सन्धिमा करिव ७० राष्ट्रहरुले हस्ताक्षर गरिसकेका छन ।यसै दिनको अवसर पारेर नेपालमा पनि आप्रवासी श्रमिक र सरोकार राख्ने बिभिन्न सरकारी, गैरसरकारी निकाय, संघ÷संस्थाहरुले बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै मनाउदै आईएको छ । हरेक वर्ष नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू गरि मनाउने गरिन्छ । आप्रवासीहरु र तिनका पारिवारको सदस्यहरु प्रती सम्बन्धीत गन्तव्यमुलुक र श्रमिक पठाउने मुलुक दुवैको प्रतिवद्धता पुनर्ताजगि गराउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघले हरेक बर्ष मुल नारा तय गर्ने गर्दछ।
यसै सन्दर्भमा यस वर्ष नेपाल सरकारले “श्रम आप्रवासन चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” भन्ने नारा यस वर्षको लागि तय गरेको छ भने अन्तर्राष्ट्रिय नारा “ज्यलयचष्लन तजभ अयलतचष्दगतष्यल या ःष्नचबलतक बलम चभकउभअतष्लन तजभष्च चष्नजतक” रहेको छ। कोशी प्रदेशमा सामाजिक विकास मन्त्रालयको सचिवज्यूको अध्यक्षतामा वसेको वैठकले तपसिल वमोजिमको कार्यक्रमहरु स्थानीयतहहरु लाई समेत समेट्दै भव्यरुपमा मनाउने निर्णय गरेको छ। समग्रमा प्रदेश भित्रका स्थानिय सरकारहरुमा समेत तालिका वमोजिम कार्यक्रमहरु साथमा सो दिवस मनाउने तयारीमा रहेको छ ।
दिवसको औचित्य
वैदेशिक रोजगार र यसबाट प्राप्त हुने विप्रेषणले नेपालको समग्र अर्थतन्त्रलाई सकृय र गतिशिल बनाउन निकै महत्वपूर्ण योगदान पु–याउदै आएको छ भने रोजगार बजारमा प्रवेश गरेका यूवाहरुलाई रोजगारीको अवसर प्रदान गरेको छ ।कोशी प्रदेश सरकारले प्रदेशमा आर्थिक विकास र गरिबी निवारणका लागि श्रम शक्तिको विकास उत्पादनमुलक रोजगारी लाई महत्वपूर्ण आधारको रुपमा लिएको छ । प्रदेश अर्थतन्त्र सवल वनाउन कोशी प्रदेशले प्रथम आवधिक योजना देखिनै प्रदेश भित्रको वेरोजगारी दर घटाउने,श्रम उत्पादन क्षमता वृद्दि गर्ने सवै प्रकारको श्रम शोषण अन्त्य गर्ने र स्वदेशी लगायत वैदेशिक रोजगारीलाई व्वस्थापन गर्ने सोच अघि वढाएको छ । साथै, दोस्रो आवधिक योजनामा अन्तरिक तथा वैदेशिक रोजगारीमा जाने र फर्केको श्रमिकको हकहित संरक्षण गरी सीपयुक्त जनशक्तिको विकास, रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने रणनीति लागु गरेको छ । श्रम तथा रोजगारीको क्षेत्रगत सोच अन्तर्गत सुरक्षित रोजगारी र श्रमको सम्मानः सम्मुन्त प्रदेशको आधार निर्माण रहेको छ। प्रदेशको सोच पुरा गर्ने लक्ष्य सीप,क्षमता अभिवृद्दि गरि श्रमिकको उत्पादकत्वमा वृद्धि गर्नु रहेको छ।त्यसैले दिवसको अवसरमा देश, विदेशमा रहेर देशको अर्थतन्त्रमा योगदान पुर्याउने सबै नेपाली श्रमिकहरु प्रति सम्मान ब्यक्त गर्दै भव्य रुपमा मनाउन प्रदेश तह र स्थानीय तहहरुले बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको छ ।
दिवस मनाउनुको उद्देश्य ः
प्रदेश तहमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिकहरुको योगदानको पहिचान र सम्मान गर्नु ।वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिहरुको सम्झना र योगदानको कदर गर्नु ।
आप्रवासी र तिनीहरुको परिवारको हकहित र अधिकारलाई संरक्षण गर्नु ।
वैदेशिक रोजगारीमा गएका र फर्किएका व्यक्तिहरुले पु¥याएको योगदानको सम्मान गर्नु ।
वैदेशिक रोजगारीमा लाई सुरक्षित र मर्यादित वनाउनका लागि सचेतना अभिवृद्धि गर्नु।
वैदेशिक रोजगारी वाट फर्किएर आएका व्यक्तिहरुको ज्ञान, सीप र पूजिको सहि उपयोग गर्नका लागि अभिप्रेरित गर्नु । क्
भभ भिककवैदेशिक रोजगारका क्रममा मृत्यु भएका ३२ जनाका परिवारलाई सम्मान गर्ने
