नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।

ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मत ल्याएका हुन्।

एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि रहेकोमा ३६ जना मत हाल्न गएका थिएनन्।

ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।नेकपा एमालेको ११औं राष्ट्रिय महाघिबेशनबाट सुनसरी जिला बाट २०४४ मत प्राप्त गरि क. भगवती चौधरी, १७५० मत प्राप्त गरि क. मन्जु भण्डारी र १५४० मत प्राप्त गरि क. जगदीश कुसियैत केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

पदाधिकारीहरूमा पनि अधिकांश ओली पक्षकै विजयी भएका छन्।