वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ४१ जनाका परिवारका सदस्यलाई सम्मान
जयकृष्ण यादव । इनरुवा
सुनसरीको इनरुवामा डिसेम्बर १८ अर्थात अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ४१ जनाका परिवारका सदस्यलाई सम्मान गरेको छ । शहिद परिवार र अरुलाई सम्मान गरेको भएपनि वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाहरुको खासै चर्चा नहुने र परिवारलाई सान्तवना समेत दिने कोही नहुने अवस्थालाई ध्यानमा राखेर सुनसरीका ४१ जनालाई सम्मान गरेको हो । बैदेशिक रोजगारका क्रममा निधन भएका ४१ परिवार सदस्यलाई सम्मान गरेको छ ।


विहीबार इनरुवा नगरपालिका शिव मन्दिर अगाडि गरेको मैनवती प्रज्वलज तथा सम्मान कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारी, रामधुनी प्रमुख शंकारलाल चौधरी, इनरुवा उपप्रमुख विनिताकुमारी मेहता, रामधुनी उपप्रमुख तारा थापा, कोशी प्रदेश समाजिक बिकास मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल, महाशाखा प्रमुख उप सचिव सम्भु प्रसाद साह,सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यलय सुनसरीको डिएसपी चन्द्र बहादुर खड्का सहितले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ४१ जनाका परिवारका सदस्यलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । इनरुवा प्रमुख केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएकोे आप्रवासी दिवसमा कोशी प्रदेश सरकार, जिल्ला प्रसाशन कार्यालय, रामधुनी र इनरुवा नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा देहावसान भएका श्रमिकका परिवारलाई सम्मान गरेको थियो । आप्रवासी दिवसको अवसर पारेर वैदेशिक रोजगारीका क्रममा देहावसान भएका श्रमिकका परिवारलाई देश र समाजका लागि पुर्याएको योगदानका लागि कदर स्वरूप सम्मान गरेको र मृत्यु हुनेहरुको सम्झनामा दिप प्रज्ज्वोलन गरेको थियो ।


कार्यक्रममा सामी कोशी एवं मधेस प्रदेश ब्यबस्थापक कोपिला दाहाल, रेमि कार्यक्रम प्रमुख सपना थापा लगायत एक सयको उपस्थिति रहेको थियो । वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ४१ जनाका परिवारलाई सम्मान गरिको यो पहिलो कार्यक्रम भएको सामी कार्यक्रम सुनसरी जिल्ला सम्योजक धिरज भट्टराईले जानकारी दिनुभयो ।
