नेपाल मानव मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व बार्षिक समिक्षा कार्यक्रम
अनिल श्रेष्ठ। इनरुवा

सुनसरीको इनरुवामा नेपाल मानव मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। इनरुवामा सनसरीको मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटना अभिलेखीकरण २०८१ पुस १७ गतेदेखि ०८२ मंसिर २९ गतेसम्मको विवरण प्रस्तुत गरि समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

इन्सेकले गरेको अभिलेखिकरण अनुसार सुनसरीमा महिला बलात्कारका घटना १० वटा बालिका बलात्कार २१ वटा, जेन्जी आन्दोलनमा प्रहरीको गोलीबाट दई जनाको मृत्य घाईते ७ गिरफतार १५ जना, प्रहरी घाईते १२ जना, हिाडनाता करणी , बाल यौन दुरुयोग ७, बलात्कार उधोग १५ वटा, पत्रकार माथि कटपीट दुव्यवहार घटना ४, कर्मचारीमाथि कुटपीट २,अन्य पक्षले गोली हानी हत्या १ (रामधुनी), विधार्थीलाई यातना २ (देवानगञ्ज) सम्मानित रूपले बाँच्न पाउने अधिकार अन्तरगत अन्य तथा परिवारबाट हत्या १०, वालिका अपहरण १ (कोशी) अपहरण तथा शरिर चन्धकका घटना २ किसोरी । देवानगञ्ज), साईवर अपराधका २ वटा घटना भएको छ ।

यस वर्ष विभिन्न घटनामा ११८ जना पीडित भएका छन । नागरिक तथा राजनीतिक अधिकार १० वटा, सम्मानित रूपले बाँच्न पाउने अधिकार १० वटा,कारागारमा मृत्यु ५ वटा, सरकारी सम्पतीमा तोडफोड र आगजनी इटहरी उपमहानगरपालिकाको कार्यालय, इनरुवा नगरपालिकाको कार्यालय, ६ वटा वडा कार्यालय र भोक्राहा नरसिह गाउपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेको अभिलेख गरिएको छ। समाचार लेखेको भन्दै पत्रकार देवराज यादवलाई धम्की दिएको अमिलेखिरकण गरिएको छ ।


बालबालिका माथि कुटपिट कुटपीटको घटना भएको छ । विद्यालयमा गृहकार्य नगरेको भन्दै दुई वटा यातना र सरकारी सवारी आगजनी इलाका प्रहरी कार्यालय इटहरी र पकली सहितका प्रहरीको गाडी, इनरुवा नगरपालिका, भोक्राहा तरसिंह गाउँपालिकाको सवारीमा आगजनी गरेको उल्लेख गरिएको छ ।

समिक्षा फ्यान जिल्ला सल्लाहकार सत्य नारायण मेहताको अध्यक्षता र इनरुवा प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रकाश पराजुली सहितको उपस्थित रहेको थियो।

समिक्षा कार्यक्रममा प्रस्तुत गरेको विवरणमा अधिवक्ता सुकदेव चौधरीले नागरिकको सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारको सवाल अझ प्रभावकारी रुपमा उठाउनु पर्ने सुझाव दिनु भयो।


कार्यक्रममा पत्रकार अजित कुमार झा, अनिल श्रेष्ठ, सुरज यादव सहितले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन जनप्रतिनिधि बाट गुनासो गर्नु भएको छ। उहाँहरुले बाल हिंसा र यातना शैक्षिक संस्थामा हुनु दुखद पक्ष भएकोले सचेतपूर्ण अभियान र दोषीलाइ कार्वाहीको दायरामा ल्याउनु पर्नमा जोड दिनु भयो। देवकी नेपालले
लागुऔषध र सुरक्षा प्रदान गर्नु पर्ने निकायको उदासीनताले मानवअधिकार अनुभुति गर्न नपाएको बताउनु भयो। मानवअधिकार एलाइन्सका सरिता कार्कीले जेन्जी आन्दोलन पछि फरार र भागेर कारागार बाहिर रहेकाहरुको कारण मानवअधिकारको हिसावले चुनौती हुन सक्ने देखिएको बताउनु भयो। उहाँले मानवअधिकारको सवालमा सबैले आ आफ्नो ठाउँमा सघाउनु पर्ने र आबाज उठाउनु पर्ने बताउनु भयो।

कार्यक्रममा सविता सवेदी,रन्जु पौडेल,अनुपा मोची र मिरा सरदार सहितले समुदायमा मानिसहरू असुरक्षित भएकोले कानुन कार्यान्वयन प्रभावकारी रुपमा हुनुपर्ने बताउनु भयो। कोपिला रिजाल,पुनम दाहाल,सरिता घिमिरे, इन्दिरा पराजुली, सम्झना वस्नेत,सविता सुवेदी, एल्जिना खतिवडा,कमला कार्की,झरना वस्नेत,पुष्पा देवी खवास, मिना काफ्ले खड्का ,ओलि महमद मिया,एलून मियाँ,सुनिता दुलाल,रचना प्याकुरेल,माया परियार,शैलेन्द्र सिंह राजवती देवि मण्डल सहितको उपस्थित रहेको थियो।
