इनरुवा, । सुनसरीको इनरुवा नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताहरुको अवलोकन भ्रमण सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले बराहक्षेत्र नगरपालिका न्यायीक समितिको अध्ययन अवलोकन गरेको छ । छोटो समयमा न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले बराहक्षेत्र सहित बेलका नगरपालिकासम्म पुगेर अध्ययन अवलोकन गर्दै फर्केको हो ।
इनरुवा नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक विनित कुमारी मेहताको नेतृत्वमा अध्ययन अवलोकन गर्न हिडेको टोलीले दुई जिल्लाको भ्रमण तथा बराहक्षेत्र नगरपालिकासगँ न्यायीक समिति र मेलमिलापकर्तासंग अन्तरक्रिया गरेको थियो । अन्तर नगरपालिकाको न्यायीक सम्पादनमा के कसरी गरेको ?, सम्पादनको तौर तरिका ?, के कस्ता समस्या र समाधानका साथै न्याय सम्पादनका लागि अपनाईएका टिप्स ? सवालहरु र बिषयहरुलाई प्रथामिकताका साथ छलफल गरिएको थियो । न्याय सम्पादन मात्रै नभएर कर्मचारीको सम्वन्धका साथै जनप्रतिनिधि, मेलमिलापकर्ता र नागरिक विचको सम्वन्धका बारेमा छलफल गरिएको भ्रमण टोलीका संयोजक तथा उपप्रमुख मेहताले बताउनुभयो ।
अन्तर नगरपालिका भ्रमण गर्नुपर्ने आवश्यक महसुष गरेर आफूहरुको विचको सम्वन्ध र कार्ययोजनामा टेवा पुग्ने सिकाई भएको बताउनुभयो । अन्तरक्रिया गरिएका नगरपालिकाको भौगोलिक अवस्था देखि नगारिक तथा मुद्धाका पक्षका अवश्यकता लगभग मिल्दोजुल्दो रहेको पाइएको महेताको भनाई छ । स्थानीयतहमा विषयगत शाखाहरुबाट हुने सेवा प्रवाहका बिषयमा केही नयाँपन पाएको र आफूहरुले गरेको नयाँपन पनि सो नगरपालिकाले पाएको महशुस भएको उपप्रमुख मेहताले बताउनुभयो । बराहक्षेत्रका उपप्रमुख नन्दकुमारी सुनुवारले इनरुवाको न्यायिक समिति पहिलो पटक धेरै महिला मेलमिलापकर्ताहरु सहित न्यायी समितिका सदस्यहरुको अध्ययन अवलोकन भ्रमणले आफूहरुलाई पनि लाभ मिलेको बताउनुभयो । अनुभव साटासाट गर्न पाएको र समितिको कार्य सम्पादन गर्ने क्रममा सिकेका, भोगेका सिकाईलाई अन्य नगरपालिकासंग समेत समन्वय र साक्षतकार गाराउने क्रममा बराहक्षेत्रमा आएकोमा खुसी व्यक्त गर्नुभयो ।
भ्रमण टोलीले बराहक्षेत्र नगरपालिकामा गरेको अन्तरकृयामा बढी मात्रामा घरायसी विवाद, पारिबारिक र जग्गा सम्वन्धी विवाद न्यायीक समितिमा आउने गरेको पाइएको इनरुवा नगरपालिका न्यायीक समितिका सदस्य मिरा गुरागाईले बताउनुभयो । अन्तर नगरपालिका सिकाईको अनुभव लिनु आवश्यक रहेकाले यस्तो भ्रमणलाई समितिले निरन्तरता दिनु आवश्यक देखिएको बताउनुभयो ।


न्याय जस्तो संवेदनशिल बिषयमा अन्य नगरपालिकाले गरेका गतिविधि आदनप्रदान हुनुपर्ने र सिकाई आदानप्रदान गर्नुपर्ने भएकाले भ्रमण गरिएको जानएको छ । संघियतामा मुलुक गएसगै निर्वाचन पछि हरेक स्थानीयतहमा न्यायीक समिति बनाउने संविधान अनुसार अहिले कुनै समस्या भए नगरपालिकाको न्यायीक समितिमा उजुरी दिने व्यवस्था गरिएको छ । भ्रमण टोलीलाई बराहक्षेत्र नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अरुण मेहता, वडा अध्यक्ष कपिल आचार्य, मेलमिलापकर्ताहरुले सहजिकरण गर्दै सिकाई साटासाट गर्नुभएको थियो । समिति सदस्यहरु र कर्मचारीहरु न्यायीक समिति सहित मेलमिलापकर्तासगँ छलफल तथा अन्तरक्रिया गरेको थियो ।
सबै पक्ष समन्वय गरेर काम गरेको देखिएको इनरुवा नगरपालिकाका न्यायीक कर्मचारी रचना प्याकुरेलले बताउनुभयो । कर्मचारी र जनप्रतिनिधि विच समन्वय भएर काम गर्न सकिएको खण्डमा नगरपालिकालाई हरेक गतिविधिमा अगाडि बढाउन सकिने बुझाई भ्रमणबाट पाएको प्याकुरेले बताउनुभयो ।
न्यायीक समितिका सदस्यहरु र मेलमिलापकर्ताहरुले अध्ययन अवलोकनमा रहेका नगरपालिकामा हरेक वडामा मेलमिलाप समिति गठनसगै इनरुवा नगरपालिकासगँ मिल्दोजुल्दो रहेको देखिएको बताएका छन् । यो अध्ययन अवलोकनबाट सिकेको सिकाईलाई इनरुवा नगरपालिकाले अनुसरण गर्नुपर्ने धेरै विषय रहेका छन् । इनरुवा ३ को मेलमिलापकर्ता सरिता कार्कीले न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीलाई एकसाथ अन्य नगरपालिकाको न्यायीक समितिको अध्ययन अवलोकन गराउनु नै ठूलो कुरा भएको बताउनुभयो । घिमिरेले हुदै नभएको भन्दा सिकाई आदानप्रदान गर्ने माध्यमको रुपमा न्यायीक समितिको अध्ययन अवलोकन भ्रमण उपलब्धीमुलक भएको प्रतिकृया दिनुभयो । इनरुवा १० का मेलमिलापकर्ता ओलिमहमद मियाँले न्यायीक समितिले गरेको काम कार्वाही र अन्य नगरपालिकामा भईरहेको काम र तौरतरिकाका बारेमा मेलमिलापकर्तालाई जान्नेबुझ्ने अवसर प्राप्त भएको प्रतिकृया दिनुभयो । भ्रमण तथा अन्तरकृया कार्यक्रममा कार्यपालिका सदस्यहरु सविता सवेदी, अनुपा मोची र मिरा सरदार सहित मेलमिलपकर्ताहरु कोपिला रिजाल,पुनम दाहाल,सरिता घिमिरे, इन्दिरा पराजुली, सम्झना वस्नेत,सविता सुवेदी, एल्जिना खतिवडा,कमला कार्की,झरना वस्नेत,पुष्पा देवी खवास, मिना काफ्ले खड्का ,ओलि महमद मिया,एलून मियाँ,सुनिता दुलाल,रचना प्याकुरेल,माया परियार,शैलेन्द्र सिंह, राजवती देवि मण्डल सहितको उपस्थित रहेको थियो ।