नापी कार्यालय सुनसरीमा डीजिटल प्रणालीमा आधारित टोकन मेसिन लागु
जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस ७ गते । सुनसरीको इनरुवामा रहेको नापी कार्यालय सुनसरीमा डीजिटल प्रणालीमा आधारित टोकन मेसिन लागु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि रेवतीमरण भण्डारीले जिल्ला नापी कार्यालय सुनसरीमा डीजिटल प्रणालीमा आधारित टोकन मेसिनको स्विच थिचेर उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बीच मन्त्री भण्डारीले नापी कार्यालय सुनसरीमा डीजिटल प्रणालीमा आधारित टोकन मेसिन लागु भएको घोषणा सहित उद्घाटन गर्नुभएको हो ।






नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग अन्तरगतको नापी कार्यालय सुनसरीमा डीजिटल प्रणालीमा आधारित टोकन मेसिन लागु भएको प्रमुख सत्रुध्न प्रसाद यादवले जानकारी दिनुभयो ।
यादवले नापी कार्यालय सुनसरीद्वारा सुशासन तथा पार्दर्शिता प्रवद्धर्न गर्ने उद्देश्यले डीजिटल प्रणालीमा आधारित टोकन मेसिन लागु गरिएको बताउनुभयो । उहाँले टोकन प्रणालीको सोमबार मन्त्री भण्डारीले औपचारीक शुभारम्भ गर्नुभएको जानकारी दिनुभयो । नापी कार्यालयको परिसर प्रवेशद्धारमा सेवाग्राहीहरुलाई लामो लाईनमा बस्न नपर्ने गरी डिजटिल टोकन प्रणाली लागु गरेको जनाएको छ । नापीमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सरकारले सबै क्षेत्रमा डिजिटल माध्यमको प्रयोग र सुशासनको अभ्यासमा सरकार लागि परेको बताउनुभयो ।
