राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनसरीको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । इनरुवा नगरपालिका ३ स्थिति राष्ट्रसेकक सभा हलमा सम्पन्न भएको हो। 


आयोजित बार्षिक साधारणसभामा सहकारीले आफ्नो आय व्यय सार्वजनिक गर्दै साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष लेखनाथ पौडेलले संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै २०४९ बाट सुरु भएको सहकारी अहिले १ हजार ७ जना शेयर सदस्य रहेको उल्लेख गर्नुभएको छ  । पौडेलले  ५ सय ५५ पुरुष, ४४३ महिला र ९ संस्थागत गरि कुल १६ करोड ४१ लाख ९१ हजार ८ सय ८४ रुपैया १६ पैसा सम्पती दाइत्व सहित संस्था संचालनमा रहेको जानकारी दिनु भयो ।

२७ ओ साधारणसभा नेपाल निजामती कर्मचारी संघठन केन्द्रिय परिष्ठ  उपाध्यक्ष प्रभास कुमार साहको प्रमुख आथितिय र लेखनाथ पौडेलको
अध्यक्षतामा सम्पन्न भएको संस्थाको उपाध्यक्ष कुमार न्यापानैले जानकारी दिनु भयो। साथै उत्कृष्ट शेयर सदस्य १० जना लाई पुरस्कृत गरिएको हो।


प्रमुख अथिति नेपाल कर्मचारी संगठनका
बरिष्ठ उपाध्यक्ष प्रभाशकुमार साहले सहकारी संस्थाको विकासले देशको विकासमा योगदान गरेको बताउनु भएको थियो।

सिंगो संचालक समितिको

वार्षिक प्रतिवेदनमा अध्यक्ष पौडेलले नेपाल निजामती कर्मचारी संगठनको स्वीकृत नीति अनुसार २०५४ साल श्रावण १ गतेवाट ४९ जना अग्रज शेयर सदस्यको रु.४९,०००।- शेयर पूँजि बाट यस संस्थाको परिकल्पना गरी कर्मचारी कल्याणकोषको रुपमा स्थापना भई २०५५ साल मंसिर ९ गते साविक जिल्ला सहकारी कार्यालय सुनसरीमा राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. को नाममा विधिवत दर्ता भइ विहीबार २७औं वर्षको यात्रामा २७ औं बार्षिक साधारण सभा आफ्‌नै भवन तथा आगनमा हर्सोउल्लासका साथ सम्पन्न गरिएको बताउनु भएको छ।  उहाँले अग्रजहरूले यस स्थानसम्म सकुशल हस्तान्तरण गर्नु भएकोमा भरोशा तथा आस्थाको यो धरोहरलाइ अझ उन्नत तथा समृद्ध बनाइ भाबि पुस्तालाइ हस्तान्तरण गर्नु पनि हाम्रो थप चुनौति र अवसर दुबै रहेको बताउनु भएको छ । उहाँले ४९ शेयर पुँजिबाट संचालन सुरु भएको यो अभियानमा २०८२ असार मसान्तमा आइ पुग्दा यस संस्थामा पुरुष  ५५५, महिला ४४३ र संस्थागत ९ गरी जम्मा १००७ शेयर सदस्य रहेको छ  ।

कुल रु.१६ करोड ४१ लाख ९१ हजार ८८४।१६ पैसाको सम्पति दायित्व सहित संस्था संचालन भई रहेको जानकारी दिनुभयो। उहाँले संस्थाले आ.व. २०८१/०८२ मा प्रत्यक्ष तथा अप्रत्यक्ष माध्यमबाट सरकारलाई रु.६ लाख ४७ हजार,९४८ रुपियाँ कर तथा राजस्वमा थप योगदान गरी देश र राष्ट्र प्रति थप सहयोग गरेको व्यहोरा  साधारण सभामा जानकारी गराउनु भयो।