हुस्सुसंगै शितलहर चल्न थालेपछि पूर्वी तराईको जनजिवन प्रभावित

पशुहरुलाई बोरा तथा कपडा

इटहरी : तीन चार दिन यता देखि पूर्वी तराईमा वाक्लो हुस्सुसंगै शितलहर चल्न थालेपछि अत्याधिक चिसो बढेको छ । चिसोका कारण शहर वजारहरुमा मात्र नभएर गाउँघरमा समेत मानवीय चहलपहलमा कमी हुन थालेको छ ।
पौष महिनाको १० गतेपछि देखि पूर्वी तराईमा चिसो बढ्न थालेको छ । चिसो वढेसंगै विहान , वेलुकाको समयमा हुस्सु लाग्ने , शितलहर चल्ने र दिउँसोको समेत घाम नलाग्ने गरेका कारण समेत जाडो बढेर पूर्वी तराईमा जनजिवन प्रभावीत वन्न थालेको हो ।  

Geko
nepalipatro
Sagar feeds
nemato

विशेष गरि जाडोको प्रभाव अन्य मानिस भन्दा बालबालिका , वृद्धवृद्धा ,विरामी र अशक्तहरुमा  पर्ने गरेको छ । चिसो एक्कासी बढेसंगै  विद्यालयमा विद्यार्थीहरुको संख्यामा समेत कमी आउन थालेको छ ।  विद्यालय आएका विद्यार्थीहरु पनि जाडोवाट वच्न न्याना लुगाहरु लगाएर मात्र आएका देखिन्छन । विहानको समयमा कलेज तथा विद्यालय जाने विद्यार्थीहरुका अलावा सडकमा अत्यावश्यक कामका लागि बाहिर निस्कने बाहेकका मानिसहरु देखिन छोडेका छन । त्यसैलाई मध्यनजर गर्दै सुनसरीका अधिकाँस स्थानीय तहहरुले शैक्षिक संस्थाहरु विदा दिएका छन। 

Sungabha Feed

जाडोको प्रभाव बढी रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरी उपमहानगरपालिकाले संचित बिदाबाट कट्टा हुने गरी आज देखि शुक्रवार सम्मका लागि तीन दिन सम्पूर्ण शैक्षिक संस्थाहरु बिदा दिएको छ । धरान उपमहानगरपालिकाले पनि आज देखि शुक्रवार सम्मलाई शैक्षिक संस्था बिदा दिएको छ । इनरुवा नगरपालिका , दुहवी नगरपालिका ,रामधुनी नगरपालिका , हरिनगर गाउँपालिका , बर्जु गाउँपालिका , कोशी गाउँपालिकाले पनि शैक्षिक संस्थाहरु बिदा दिएका छन् । 

Enlighten

जाडो बढेसँगै वालवालिकाहरुकासाथै वृद्धवृद्धाहरुमा विभिन्न रोगका संंक्रमण देखा पर्न थालेका छन । वालवालिकाहरुमा  चिसोसँगै निमोनिया, रुघा खोकी, छातिमा समस्या हुने तथा वृद्धवृद्धाहरुमा कोलडायरीया लगायतका समस्याहरु देखिने चिकित्सकहरु बताउछन । जाडो वढेसंगै  स्वास्थ संस्थाहरुमा  विरामीहरु समेत बढ्न थालेका छन् । चिसोबाट बच्न आगो ताप्न, बाक्लो लुगा लगाउन तथा तातो खानेकुराहरु खान
चिकित्सकहरुले सुझाव दिएका छन् ।  जाडो अत्याधिक वढेरसंग नगरवासीलाई जाडोबाट बचाउन इनरुवा नगरपालिकाले आगो ताप्न दाउराको व्यस्था मिलाउन थालेको छ । हिलो वडा नम्बर ५ का चोक तथा सार्वजनिक ठाउँहरुका आगो ताप्नका लागि काठका मुढा वडाले उपलव्ध गराएको छ । 

त्यसै गरी जाडो वढेसंगै तातोजन्य पद्धार्थहरुको प्रयोग र न्याना लगाउने तथा ओड्ने ओछ्याने खरिद गर्नेहरुको संख्या वढेको व्यवसायीहरु वताउछन । त्यसै गरी जाडोलाई लक्षित गरी गाउँगाउँमा लगाउने तथा ओड्ने ओछ्याउने विक्रीहरु समेत यस्ता सामाग्रीहरु लिएर आउन थालेका छन । ग्रामीण क्षेत्रका मानिसहरुले जाडोवाट वचाउन आफुहरुले पालेका पशुहरुलाई बोरा तथा कपडा लगाइदिन थालेको देखिन्छ ।