सुनसरी
२०८२ पुस १७ गते। सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरी टोलमा अपरिचित समूहले २०८२ पुस १७ गते राति (विहान )१ बजेतिर चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षिय विजय साहको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक डिएसपी चन्द्र बहादुर खड्काले अपरिचित समूहले  राति (विहान )१ बजेतिर चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षिय विजय साहको मृत्यु भएको जानकारी दिनुभयो। घटना स्थलमा गोलीको खोका फेला परेको र गोली कसले चलाएको बारेमा अनुसन्धान थालेको खड्काले जानकारी दिनुभयो।
यता स्थानीयले सशस्त्र प्रहरीले मागेको नजरना वापतको पाच सय रुपियाँ नदिएको भन्दै किन तस्करी गर्ने, भन्सार छलेर चिनि ओसार्ने भनी भनाभन भएको र त्यस पछि टाउकोमा ताकेर गोली चलाउदा साहको घाटीमा लागेर घटना स्थलमा मृत्यु भएको दाबी गरेका छन्। सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु भएको पिडित परिवारका सदस्यलाइ उदृत गर्दै कोसी १ का वडा अध्यक्ष सोभितनारायण यादवले जानकारी दिनुभयो।
यादवका अनुसार चिनि ओसार्ने सिटीमा गोली लागेर साहको शव देखिएकोले स्थानीयहरुले सशस्त्र प्रहरी बिरुद्ध नाराबाजी समेत गरेको छ।
सशस्त्र प्रहरी हेडक्वार्टर ४ नम्बर गण सुनसरीका प्रहरी प्रहरी उपरीक्षक निर्मल कुमार थापाले यस बारेमा प्रतिकृया दिनुभएको छैन।
जयकृष्ण यादव। सुनसरी