सुनसरीको लौकही गोली काण्डको छानविन समिति पीडितको घरमा
सुनसरी
२०८२ पुस २१ गते । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा भएको गोली काण्डको छानविन गर्न गठन भएको छानविन समितिले पुस १७ गते गोली लागी मृत्यु भएको विजय साहको घरमा पुस २१ गते पुगेको छ । घटनाको बारेमा जानकारी लिन र अवस्था बुझने क्रममा सशस्त्र प्रहरीको गोली लागी मृत्यु भएको ५० विजय साहको घरमा पुगेर उहाँको पत्नी ४० वर्षीया गीता साह, दाई रामचन्द्र साह , जनप्रतिनिधिहरु र स्थानीयहरुसंग सोधपुछ गरेर जानकारी लिएको छ । घटनाको बारेमा जानकारी लिन र अवस्था बुझने क्रममा घटना स्थलका स्थानीयहरु, गाउँबासी र पीडित परिवारका सदस्यहरुसंग भेटघाट गरेको समितिका संयोजक सहायक प्रमुख जिल्ल अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभयो ।
जयकृष्ण यादव । सुनसरी

१, सुनसरीको सिमावर्ती कोशी गाउँपालिका १ लौकहीको गोली लागेर मृत्यु भएको विजय साहको परिबारसंग कुराकानी गर्दै छानविन समितिका सरोकारबालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
