भावपूर्ण श्रद्धाञ्जली🙏💕

नेपाल यादव सेवा समिति सुनसरी र भोक्राहा नरसिंह गाउँपालिका कार्य समिति सुनसरीले स्व. राज कुमारी देवी यादव प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ। समितिको जिल्ला सल्लाहकार तथा आजिवन सदस्य जयकृष्ण यादव, जिल्ला सचिव रामचन्द्र यादव, पालिकाको बच्चालाल यादव, श्याम यादव सहितको टोलीले यादवको निवासमा पुगेर हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ।

विवरण अनुसार बि.स. २०४२ सालमा जन्मिनुभएको राजकुमारी देवीको स्वर्गारोहणः वि.स. २०८२/०९/१९ गते शनिवार भएको र उहाँको पति दामोदर यादव, छोराहरु पत्रकार रविन्द्र कुमार यादव र नविन कुमार यादव सहित शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ।
” सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका वडा नं.७ निवासी दामोदर यादवकी धर्मपत्नी तथा
रविन्द्र कुमार यादव, नविन कुमार यादवको ममतामयी आमा राज कुमारी देवी यादवको मिति २०८२ पौष १५ गते शनिवारका दिन ४० वर्षको आयुमा दुःखद निधन भएको खबरले नेपाल यादव सेवा समिति भोक्राहा नरसिंह गाउँपालिका कार्य समिति सुनसरी परिवार अत्यन्त दुःखित एवं मर्माहत भएको छ ।”

उक्त पत्रमा भनिएको छ, “उदय पछिको अस्त्य, सृष्टि पछिको विनास भने जस्तै मृत्यूलाई चाहेर पनि कसैले टार्न सक्दैन मृत्यू एक दिन निश्चित छ, यो प्रकृतिको नियमित प्रक्रियालाई हामीले नचाहेर पनि स्वीकार गर्ने पर्दछ । अतः यस दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजन, ईष्टमित्र, नातागोता, छरछिमेक, बन्धुबान्धव लगायत प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि प्रार्थना सहित हार्दिक समवेदना प्रकट गर्दछौं ।”

नेपाल यादव सेवा समिति सुनसरी
एवं
भोक्राहा नरसिंह गाउँपालिका कार्य समिति परिवार