इनरुवा जेसिजको ४२ औँ पदस्थापना
अनिल श्नेष्ठ। इनरुवा

वर्ष २०२६ का लागि जेसी मनोज निरौलालाई पदीय दायित्व हस्तान्तरण गर्दै इनरुवा जेसिजको ४२औँ पदस्थापना २०८२ पुस २५ गते शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा जेसिजका पूर्व–अध्यक्षहरूले वर्ष २०२५ का अध्यक्ष जेसी सत्यनारायण यादवको गलाबाट जेसिज चेन निकालेर निरौलालाई लगाइदिएका थिए भने निवर्तमान अध्यक्ष यादवले पदीय मर्यादाको सपथ खुवाएका थिए ।
इनरुवा जेसिज वर्ष २००६ का अध्यक्ष ,नेपाली काङ्ग्रेस इनरुवा नगर सभापति तथा जिल्ला समन्वय महासङ्घका अध्यक्ष श्री राजन मेहताको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा मेहतासहित नेपाल जेसिज का कार्यकारिणी उपाध्यक्ष तथा इनरुवा जेसिज का लागि निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी देबु बानिया त्यसैगरी कानुनी सल्लाहकार बहादुर तामाङ राष्ट्रिय उपाध्यक्ष जेसी बिदुर थापा राष्ट्रिय उपाध्यक्ष जेसी सुरेन्द्र श्रेष्ठ इनरुवा नगरपालिकाका उपमेयर बिनिता मेहता जिल्ला समन्वय समिति सुनसरी उपसभापति कमला खतिवडा , वडा अध्यक्षज्यूहरू , इनरुवा जेसिजका पूर्व अध्यक्षहरू जेसी क्रमश: वीरेन्द्र शाह, चिनेश्वर मेहता, शिवनारायण यादव, कृष्ण अधिकारी , महिचन शाह, विनोद मिश्र , सेवन्तराज बराल, जितेन्द्र यादव, कुन्दन मेहता, संयम कोइराला हिरा साह रमेश कटुवाल लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थितहरूलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेहताले समाजका हरेक क्षेत्रमा कुसल नेतृत्व चाहिने हुँदा जेसिजले हरेक वर्ष सञ्चालन गर्ने कुसल नेतृत्व विकास अभियान समाजका अरू वर्गका लागि अनुकरणीय रहेको बताए कार्यक्रममा प्रमुख अतिथि ले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा इनरुवा जेसिस का पूर्व अध्यक्ष राजिव कोइरालाले मलाई मात्र नभएर इनरुवाका धेरै युवाहरुलाई समेट्न सफल र एक असल अभिभावक एक प्रेरणाको स्रोत को रूपमा रहनुभएको समेत बताउनुभएको थियो।
नव निर्वाचित अध्यक्ष निरौलाले विस्तारित इनरुवा नगरपालिकाका सबै वडाका युवालाई सकारात्मक हस्तक्षेपका लागि तयार पार्ने र र जेसिसको चारवटै क्षेत्रलाई समेटेर कार्यक्रम गर्ने सँगसँगै उहाँले यस वर्षका लागि Learn-Lead -Legacy लाई २०२६ का लागि Theme प्रकरण समेत घोषणा गर्नुभएको थियो र आजसम्म जेसिसमा मलाई मार्गदर्शन गर्नुहुने इनरुवा जेसिसका धरोहर पूर्व अध्यक्ष ज्यूहरू तथा बोर्डका साथीहरु र निर्वाचन आयुक्तलाई विशेष धन्यवाद दिँदै कार्यक्रम कार्ययोजना प्रस्तुत गरेका थिए ।
वर्ष २०२६ का लागि इनरुवा जेसिजको कार्यसमितिमा वरिष्ठ कार्यकारणी उपाध्यक्षमा जेसी सचिन यादव, कार्यकारणी उपाध्यक्ष मा जेसी निश्चल कार्की र जेसी क्षितिज पोखरेल त्यसैगरी उपाध्यक्षमा जेसी अभिषेक खेरबार , जेसी प्रितम अटल, जेसी झरना बस्नेत, जेसी सुचित्रा कुमारी महतो त्यसैगरी यस वर्षका लागि महासचिव जेसी मिलन पौडेल, कानुनी सल्लाहकार जेसी सञ्जय मेहता र कोषाध्यक्षमा जेसी राहुल शाह र सचिवमा विक्रम कुमार पोदार लाई मनोनयन गर्नुभएको थियो। सँगसँगै उहाँले अध्यक्ष सल्लाहकारको रुपमा वर्ष २०१९ का अध्यक्ष जेसी जितेन्द्र यादवज्यूलाई नियुक्त गर्नुभएको थियो। बोर्ड सल्लाहकारमा विक्रम कुमार गुप्ता आरिफ अन्सारी प्रकरण निर्देशकमा जेसी ऋषिता शाह र तालिम आयुक्तको रुपमा जेसी संगीत निरौला जनसम्पर्क अधिकारी जेसी रबिन मेहता महिला संयोजकमा डा. जेसी आश्मा भट्टराई व्यापार तथा वाणिज्य संयोजक जेसी प्रेमगुप्ता , सदस्य वृद्धि संयोजक जेसी शुभम कर्ण , खेलकुद संयोजक जेसी दिपेश दुलाल स्वास्थ्य संयोजक जेसी रोहित यादव शिक्षा संयोजक जेसी प्रलाद मेहता सूचना तथा सञ्चार संयोजक जेसी अथर्व आचार्य विपद व्यवस्थापन संयोजक जेसी महेश्वर शाह युवा संयोजक जेसी सुदीप दुलाल शाखा सम्पादक जेसी साकार पोखरेल बालबालिका कार्यक्रम संयोजक एन्जिला खतिवडा बैंकिङ कोअर्डिनेटर जेसी सतिश शाह र संघ संस्था संयोजक जेसी सौरभ अटल मनोनित गर्नुभएको थियो।
ल।
