इनरुवा, पुस २९ गते । सुनसरीको इनरुवा नगरपालिका ४ स्थित युनिक एजुकेन्सनल इंिगलस स्कूलको कक्षा १० को विधार्थीहरुको बीचमा भएको विवादमा अभिभावकले विद्यालयमा आक्रमण गरेको छ । मंगलबार विहान कक्षा १० मा पढ्ने आफ्नो छोरालाई सोही कक्षाका विधार्थीहरुले सरस्वती पुजाको चन्दाको विषयमा कुटपीट गरेको भन्दै इनरुवा नगरपालिका ४ का ४२ वर्षीय लालदेव ठाकुरले विद्यालयमा विधार्थीहरु आक्रमण गरेको दावी गरिएको छ ।


ठाकुरले आफू सशस्त्र प्रहरी भएको र आफ्नो छोराछोरीमाथि कसैले हात लगाउने ? भन्दै कक्षा १० का सौरम मेहता, संदिप मेहता सहितका विधार्थी माथि कुटपीट गरेको दावी गरेको हो । विधार्थीहरुले ठाकुर विरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि धर्ना दिनुको साथै ठाकुरको प्रदेश १.०२.०४९ प. ५९९४ नम्बरको मोटरसाईकलमा अगजनी गरेका छन् । विधार्थीको आन्दोलनका कारणले केही बेर राजमार्ग अवरुद्ध भएको थियो भने प्रहरी कार्यालय अगाडि समेत केही बेर तनाव भएको थियो ।
विद्यालयका प्रिन्सिपल लोकनारायाण मेहताले विद्यालयमा ठाकुरले विधार्थी बिचको विवादलाई लिएर स्कूलका विधार्थी माथि कुटपीट गरेको, दर्जन बालबालिकाहरु माथि कुटपीट भएको र आक्रोषित बालबालिबाहरु सडकमा उत्रेको प्रतिकृया दिनुभयो । ठाकुरले केही युवाहरुलाई विद्यालयमा प्रवेश गरेर तोडफोड र आक्रमण गरेको आक्रोषमा विधार्थीहरु आन्दोलनमा उत्रेको मेहताको प्रतिकृया रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले पीडक ठाकुर माथि अनुसंधान र कार्वाही गर्ने आवश्वन दिएपछि सडक सुचारु भएको थियो ।
आरोपीत सशस्त्र प्रहरीको परिचरमा कार्यरत्त लालदेव ठाकुर साहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसंधान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । उहाँले पीडक ठाकुर सहित माथि अनुसंधान गर्ने प्रकृया अगाडि बढाएको बताउनुभयो ।

१, सुनसरीको इनरुवा नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाईकल ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
२, सुनसरीको इनरुवा नगरपालिका ४ स्थित युनिक एकेडेमीको परिषरमा विधार्थीहरुको बीचमा भएको विवादमा अभिभावकहरु सहजिकरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा