वृत्ति मार्गनिर्देशन सम्बन्धी ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
शिक्षा तालिम केन्द्र सुनसरीको आयोजना र इनसुर परियोजना, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

इनरुवामा पुस २४ देखि सञ्चालित वृत्ति मार्गनिर्देशन शिक्षकहरुका लागि वृत्ति मार्गनिर्देशन सम्बन्धी ७ दिने प्रशिक्षक प्रशिक्षण बुधबार सम्पन्न भएको छ। कोशी प्रदेशको झापा,इलाम र सुनसरी सहितको विभिन्न स्थानीय तहको माध्यमिक विद्यालयका शिक्षकहरुलाई तालिम दिएको इनसुर परियोजनाका शिखा किरणले जानकारी दिनुभयो । तामिल निकै प्रभावकारी र उपयोगी भएको सहभागी कनकाई नगरपालिका झापाका शिक्षक भीम प्रसाद दाहालले बताउनु भयो। प्रदेशका २७ जना शिक्षकको सक्रिय सहभागीतामा सफलतापूर्वक तालिम सम्पन्न भएको तालिम केन्द्र सुनसरीका सोममणी कोइरालाले जानकारी दिनुभयो।

शिक्षा अधिकृत सोममणि कोइराला,तालिम प्रमुख गोपालप्रसाद दाहाल र विरेन्द्र यादव, उत्तम श्रेष्ठ, कोपिला, अधिकारी, ध्रुव पोखरेल सहितले प्रशिक्षण दिनु भएको थियो।






तालिममा वृत्ति खोजी पथ, आफूलाई बुझ्नु, कामको संसारबारे बुझ्नु, वृत्तिको विकल्पहरुको विकास र वृत्ति तयारी, वृत्ति मार्ग निर्देशन प्रशिक्षक प्रशिक्षण,वृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयन प्रकृया जानकारी,काम, जागिर र वृतिमा फरक,कार्यक्रमको उद्देश्यको जानकारी,वृत्तिका विशेषताहरू,वृत्तिमा प्रभाव पार्ने तत्वहरु सामग्री परिचय र प्रयोग गर्ने तरीका,वृत्तिका पाँच क्षमता, वृत्ति विश्वास रुचिको लेखाजोखा,खुविको लेखाजोखा,वृत्ति र यसको क्षेत्रको विषय र वृत्ति जीवन रेखा, मेरो क्षमता प्रोफाइल,मेरो वृत्ति पथ वृत्ति अन्तरवार्ता,अभिभावकीय शिक्षा,डिजिटलाइजेसन,विद्यालयमा आधारित नमुना शिक्षण कार्यको तयारी लगायत विषयमा प्रशिक्षण दिएको थियो।




























