जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १ गते । सुनसरीमा ट्रक दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराज तर्फ जादै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सडक छेउमा पल्टेर भएको दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार मार्वल लोड भएको विराटनगरबाट राजविराज तर्फ जादै गरेको को १ ख ४५४१ नम्बरको ट्रक विहीबार विहान हुलाकी राजमार्ग अन्तरगत भोक्रहा नरसिंह –८ फुलचौक जाने बाटोमा दुर्घटना हुदाँ ५ जना मजदुरको मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन बाकी रहेको छ भने शव पोष्ट मार्टमका लागि जिल्ला अस्पातल ल्याउन मुचुल्काको काम अगाडि बढाएको छ ।