जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १ गते । सुनसरीको इनरुवामा प्रभातफेरी र योग अभ्यास गरेर ११ औं राष्ट्रिय योग दिवस मनाइएको छ । विहीबार विहान पतञ्जली योग समिति इनरुवाको आयोजनामा प्रभातफेरी र योग अभ्यास गरेर इनरुवामा ११ औं राष्ट्रिय योग दिवस मनाइएको हो । सुनसरीको विभिन्न स्थानमा राष्ट्रिय योग दिवस मनाउने क्रममा इनरुवा पतञ्जली योग नगर समितिको आयोजना र इनरुवा नगरपालिकाको सहयोगमा सदरमुकाम इनरुवामा ११ औं राष्ट्रिय योग दिवस मनाइएको योग गुरु देवनारायण साहले जानकारी दिनुभयो । “स्वास्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिको लागि योग”भन्ने नाराका साथ भव्य रुपले प्रभातफेरी गरेर योग दिवस मनाइएको साहले जानकारी दिनुभयो । पतञ्जली योग नगर समितिका अध्यक्ष कैलास रायको अध्यक्षता र जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहताको प्रमुख आथित्यतामा दिवस मनाइएको हो । दिवस मनाउने क्रममा योग अभ्यास, अन्तरकृया र प्रभातफेरि सहितको कार्यक्रम सम्पन्न गरेको जनाएको छ । समितिका इनरुवा अध्यक्ष कैलाश रायले सो कार्यक्रममा सयौंको सहभागितामा सत्य नारायण मन्दिरको सभा हलमा योग विहान ४ः३० वजे देखि ६ः३० वजे सम्म सम्पन्न भएको जानकारी दिनुभयो । प्रभातफेरीमा जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता, इनरुवा इनरुवानगरको उपप्रमुख विनिता मेहता, युवा नेता दिलिप चन साह, अधिवक्ता अर्जुन मेहता, स्वास्थ्यकर्मी मिश्रिलाल मेहता, पत्रकार जयकृष्ण यादव सहित सयौंको सहभागिता रहेको थियो ।


कार्यक्रमका प्रमुख अथिति मेहताले योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने र शारिरिक तन्दुरुष्ती हुने बताउनुभयो । तत्कालिन मन्त्रिपरिषद्को वि.सं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । उहाँले प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति गरेकोले आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएकाले योग दिवश मनाउने र योग गर्ने बानीको विकास गर्न आवश्यक रहेको मेहताले बताउनुभयो ।
१, सुनसरीको इनरुवामा योग दिवशमाम निकालिएको प्रभातफेरी


र २, योग अभ्यास गरेर ११ औं राष्ट्रिय योग दिवस मनाउदै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा