जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १ गते । सुनसरीमा ट्रक दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराज तर्फ जादै गरेको को १ ख ४५४१ नम्बरको ट्रक विहीबार विहान सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फुल चौक सडक खण्ड छेउमा अनियन्त्रित भएर पल्टीदाँ ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाईते भएको हो । दुर्घटनामा परि मृत्यु हुनेहरुमा सुनसरीको बर्जु गाउँपालिका १ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, सोही ठाउँ बस्ने ५५ बर्षीय ब्रह्मदेब गुरुङ , ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निशम गुरुङ र ५५ वर्षीय चन्द्र बहादुर गुरुङ रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार बिहानको समयमा भोक्राहानरसिंह गाउँपालिका वडा नं.८ सोनियाही स्थित हुलाकि राजमार्गमा बिराटनगरबाट राजबिराज तर्फ टायल र मार्बल लोड गरी जादै गरेको को १ ख ४५४१ नंम्बरको ट्रक आफै अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित ९ जना मध्ये पाँच जनाको मृत्यु भएको हो । गाडीमा पछाडी ५ जना लोड अनलोड गर्ने पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको र तीन घाईते भई उपचारको लागि बिराट नर्सिङ होम पठाइएको खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार चालक सुनसरीको दुहबी नगरपालिका वडा नंम्बर ३ का २८ वर्षीय बिरेन्द्र कुमार बिस्वास तत्काल फरार रहेकोले उहाँलाई खोजतलास गर्ने कार्य भइरहेको छ ।


दुर्घटनामा परि घाईते हुनेहरुमा सुनसरीको बर्जु गाउँपालिका १ का ३४ वर्षीय सुन्दर गुरुंङ, ५६ वर्षीय बैजनाथ गुरुङ र ५७ वर्षीय मान बहादुर गुरुङ रहनुभएको छ । उहाँ तीनै जनाको बिराट नर्सिाङ होममा उपचार भईरहेको र अवस्था सामान्य बन्दै गरेको छ । मृतकहरुको सनाखत गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल इनरुवा ल्याइएको छ ।