जयकृष्ण यादव। इनरुवा
इनरुवा,माघ २ गते । सुनसरीको तिन स्थानमा चार वटा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि  शुक्रबार सुनसरीको सबै चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुने भएकोले इनरुवा नगरपालिका २ स्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको हो। 

जिल्लाको इनरुवामा २ र ४ को मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। त्यसैगरी दुहबी स्थित ३ नम्वर निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ  । रोल्पाको जिल्ला न्यायधिवक्ता पदम बहादुर कार्की ३ नम्वर निर्वाचन अधिकृत रहनुभएको छ  ।


त्यसैगरी  धरानमा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ  । सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धरानमा उदघाटन गरेको छ।

सुनसरी १ नम्बर निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय  उदघाटन गरेको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिनुभएको छ। जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत तथा चार जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृतलाई ४ नम्बर निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।


मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको हो।