राष्ट्र निर्माण दल नेपालका अध्यक्ष समिम अंसारीले जनताको हित र देशको विकासलाई प्राथमिकतामा राखेर देशको ठूलो पार्टी बनाउने गरि आफूहरुको संगठन विस्तार तिव्र रुपमा अगाडि बढको बताउनुभएको छ । सुनसरीको इनरुवामा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अंसारीले सबैको सम्मान, सबैको पहिचान, राष्टिय स्वाधीनता र राष्ट निर्माण मुल नाराका साथ राष्ट्र निर्माण दल नेपालको स्थापना भएको बताउनुभएको छ ।
सनिबार कार्यक्रममा अन्सारीले सुधारिएको संसदीय व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक समावेशी व्यवस्थालाई आत्मसात गर्दै र यसको पक्षमा दृढदापुर्वक लाग्ने बताउनुभयो ।
उहाँले कयौं पार्टीका बीचमा राष्ट्र निर्माण दल नेपालको स्थापनाको आवश्यकता र औचित्यबारे बोल्नुहुदै मतदाताहरुलाई भोट फेर्न आग्रह गर्नुभयो । अन्सारीले दलले हिमाल , पहाड र तराई–मधेशको समान प्रतिनिधित्व गराउने र सबैलाई न्याय हुने गरी काम गर्ने बताउनुभयो । उहाँले सबै नेपाली समुदायलाई राष्ट्र निर्माण दल नेपालको अभियानमा जुट्न आग्रह गर्नुभयो ।
समानुपातिक निर्वाचनतर्फ आफ्नो दल एक्लै लड्ने भएकाले उम्मेदबारको नामावली बुझाएको तथा प्रत्यक्षतर्फ मुद्दा मिल्ने पार्टीसँग अन्तिम समयसम्म गठबन्धन, चुनावी तालमेल गर्ने बताउनुभयो । गोलो घेराभित्र पानीको बोतल चुनाव चिह्न लिएर राष्ट्र निर्माण दल नेपाल चुनावमा होमिएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्वराज्यमन्त्री तथा पार्टीका महासचिव मोहम्मद जाकिर हुसैन, अथिति पार्टी सचिव गुरुदेव राम, अकबर खान लगायत विभिन्न जिल्लाका नेता, कार्यकर्ताको सहभागिता रहेको पार्टीका जिल्ला अध्यक्ष सौकत अलिले जानकारी दिनुभयो । पार्टीका सचिव गुरुदेव रामले आफुहरुको पार्टीको नारा नै सबैको सम्मान– सबैको पहिचानः राष्ट्रिय स्वाधीनता राष्ट्र निर्माण रहेकाले कोही कसैलाई विभेद विना अवसर दिने पार्टी राष्ट्र निर्माण दल नेपाल भएको बताउनुभयो । उहाँले आफूहरुको मुख्य एजेण्डाहरूमा
राष्ट्रिय मेलमिलाप, सबैको सम्मान ः सबैको पहिचान, राष्ट्रिय स्वाधीनता, बहुलवाद, समावेशी लोकतन्त्र, गणतन्त्र, अरु संघीयता (६०% खर्च कटौतिसहितको मोडल ४०% सांसद सिट खारेज) उम्मेदवारीमा पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली, रोटेशनमा सबै पहिचानका क्लष्टरका लागि निर्वाचन क्षेत्र निर्धारण, हरेक दलले पालिका प्रमुख र अध्यक्षमा ५० प्रतिशत उम्मेदवार महिलालाई नै उठाउन पर्ने बाध्यकारी व्यवस्था ,नेपाली मौलिकतामा आधारित समाजवाद, कुनै पनि व्यक्ति बढीमा दुईपटक प्रधानमन्त्री र चारपटक मन्त्री बन्न पाउनपर्ने बाध्यकारी व्यवस्था, नेपाली मौलिकतामा आधारित पूर्ण धार्मिक, स्वतन्त्रता सहितको धर्मनिरपेक्षता, हिन्दू लगायत सबै धर्मको राष्ट्रिय पहिचान, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव, सुशासन र भ्रष्टाचार नियन्त्रण, छिटो छरितो प्रशासनिक सेवा, सामाजिक न्याय र ऐतिहासिक क्षतिपुर्ति, शिक्षा, स्वास्थ्य र रोजगारी, सविधानको कार्यान्वयन, विदेशबाट मतदानको व्यवस्था, सन्तुलित परराष्ट्र नीति, राष्ट्र निर्माणमुखी आर्थिक नीति, स्व–उत्पादन र श्रम संस्कृतिको विकास रहेको बताउनुभयो । उहाँले नयाँ पार्टी भएकाले चुनाव चिन्ह पानीको बोतल भएकाले सबैलाई मतदानका लागि समेत अपिल गर्नुभयो ।